Ultimate magazine theme for WordPress.

भारततर्फ लगिरहेको दाउरा सशस्त्र प्रहरीद्वारा पक्राउ

349

उमेश दुबे
बारा, ८ फाल्गुन / नेपाल र भारतको सीमा नाका हुँदै भारततर्फ लगिरहेको १ ट्रयाक्टर दाउरा सशस्त्र प्रहरीले बरामद गरेको छ । बाराको बन जङ्गलबाट अबैध तरिकाले नेपाल र भारतको घोडासहन नाका हुँदै भारततर्फ लगिरहेको सूचनाको आधारमा सीमा नजिकैबाट पक्राउ परेको हो ।
सीमामा खटिएको सशस्त्र प्रहरीलाई हेर्नसाथ भारततर्फ गइरहएको ना ३ त २३१६ नम्बरको ट्रयाक्टरको चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ १ ट्रयाक्टर दाउरा जाँदै गरेको सूचना पाउनसाथ बोर्डर आउट पोस्ट मटिअर्वाबाट सशस्त्र प्रहरी निरीक्षक निराजन गिरिको कमाण्डमा खटिएको टोलिले पक्राउ गर्न सफल भएको हो । पक्राउ गरिएको काठ आफ्नो नियन्त्रणमा लिएको र अवाश्यक कारवाहिको लागि जिल्ला बन कार्यालयमा पठाउने तयारी गरिरहेको सशस्त्र प्रहरी निरीक्षक गिरिले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.