Ultimate magazine theme for WordPress.

भारततर्फ लगिरहेको गाई सशस्त्र प्रहरी बलद्वारा पक्राउ

236

बारा, १३ जेष्ठ / बाराको मटिअर्वा नाका हुँदै भारततर्फ लगिरहेको गाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ । लक डाउनको मौका छोपी गाई तस्कर संगठनले अबैध तरिकाले निर्यात गर्न लागिएको १० वटा गाई सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको हो ।
बोर्डर आउट पोस्ट मटिअर्वाबाट सशस्त्र प्रहरी निरीक्षक लक्षमण जोसिको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले भारततर्फ लगिरहेको अवस्थामा १० बटा गाई नियन्त्रणमा लिन सफल भएको छ । गाई तस्करीको बिषयमा बिशेष सूचना पाउनसाथ खटिएको सशस्त्र प्रहरी बलको टोलिले घोडासहनको बाटो हुँदै भारततर्फ लगिरहेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
विश्वभरी कोरोना भाइरस कहरको बेला सीमा नाकालाइ पूर्ण रूपले बन्द गरेका छौ, सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदिले भन्नू भयो । सीमा नाकाबाट हुने अबैध क्रियाकलाप लगायत आउने जाने कार्य लगभग पूर्ण रूपले बन्द भएको स्थिती छ । तर केही तस्कर संगठनका मुख्य नाइकेहरू विभिन्न हतकन्डा अपनाउदै तस्करी गर्न खोजेपनी सशस्त्र प्रहरी बलले उनको मान्सिक्तामा पानी समेत फेरेको दाबी गर्नुभयो ।
२४ औ घन्टा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी बलका कर्मचारीले आफ्नो दायित्व इमान्दारिता पूर्वक निर्वाह गरिरहेको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले दाबी गर्नु भयो । सीमामा खटिएका प्रहरीलाई कडा निर्देशन दिनुको साथै निर्देशन नमानिने प्रहरी अधिकारीलाई समेत गरिएको सुवेदीले जानकारी दिनुभयो ।
यता बोर्डर आउट पोस्ट मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलिले बरामद गरेको गाई अवाश्यक कारवाहिको लागि मटिअर्वा छोटी भन्सारमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक लक्षमण जोसिले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.