Ultimate magazine theme for WordPress.

भारतको दिल्लीमा देश र मधेशबारे छलफल

140

सबिधान संसोधन बिना मधेश चुनाव हुन्न दिन्न-प्रदीप यादव
नयॉ दिल्ली,चैत्र  ११:
भारतको राजधानी नयाँ दिल्लीमा,युनाईटेड मधेशिज अफ नेपाल(UMON-Delhi) का अध्यक्ष संजय यादव तथा संघीय समाजवादि फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव बीच UMON सदस्य हरुको उपस्थितिमा देश र मधेशको हाल को परिस्थिति र समसमायिक बिषयमा गहिरो चिन्तन र छलफल भयो।राज्यद्वारा बर्षौ देखि विभेदित र शोषित देशको मुख्य समुदाय(मधेशी,मुस्लिम,थारु,जनजाति) ले आफ्नो जायज आधिकारको निमित्त, निष्कर्ष को लागि गर्दै आएको संघर्षमा छलफल केन्द्रित थियो।
विशेष भ्रमणमा दिल्ली आएका फोरम नेता यादवले, आफू मधेश र मधेशी को हीतका लागि निरन्तर ईमानदारीता पुर्वक काम गर्दै आएको र भविष्यमा पनि गरिरह्ने आश्वासन दिए तथा राज्यद्वारा सधैंदेखि गरिएको विभेदको घोर निन्दा गर्दै त्यस्को अन्त्यको लागि निरन्तर लडिरह्ने बताए।संसोधन बिनाको चुनावको कुनै औचित्य नरहेको ठहर गर्दै निहत्था मधेशिमाथी राज्यले बेला-बेलामा गर्दैआएको नियोजित हत्या र दमनको यादवले घोर निन्दा गरे।बैचारिक रुपमा भ्रमित रहेका हरुलाई संगठणात्मक एकता को धारमा ल्याउन आफुले जिल्ला-जिल्लामा ठोस कदम चालेको जानकारी समेत दिए।
छलफलमा UMON अध्यक्ष संजय यादव तथा सहभागी सदस्यहरु द्वारा, अहिलेको मुख्य बिषय संविधान संसोधन तथा चुनावमा केन्द्रित मुद्दाहरु उठाइएको थियो।सबैले सिमांकणको मुद्दालाई थाती नराखी, त्यस्को ठोस निर्णयगरि परिमार्जन सहितको संविधान संसोधन पश्चात् मात्र चुनावमा जानुपर्ने धारणा राखें।
UMON अध्यक्ष संजय यादवले अब मधेशमा मधेशी पार्टीको बिकल्प नरहेको ठहर गरे । इतिहास लाई साक्षी राख्दै, मधेशीको अधिकार प्राप्ति को लागी मधेशी पार्टी बाहेक अरु कुनै पनि पार्टी कहिलै अगाडि न आएको बताए । अब मधेशी जनता पनि कसैले छरेको भ्रममा नपरी आंदोलनमा सधैं तनमनले साहभागीता जनाए जस्तै चुनावमा पनि भारी बहुमतले मधेशी दललाई नै बिजय बनाउनु पर्नेमा जोड दिए।मधेशी दलहरु पनि आफ्नो पछिल्लो गल्तीहरु सच्याउदै , सहीदहरुको बलिदान र जनताको भावनालाई कदर गर्दै एकिकृत भएर वा संगठनात्मक गठबंधन बनाएर मात्र चुनाव लड़न आग्रह गरे।
UMON अध्यक्ष यादवले “एकातिर मधेशिको रगतले लेखिएको संविधानमा हस्ताक्षर पनि गर्ने र अर्कोतिर आफुलाई मधेशको हितैषी बताउने” छेपारो प्रविर्तीका तथाकथित बुद्धिजीवी हरुबाट मधेशी जनतालाई बच्न आग्रह गरे।
आफै बोक्सी-आफै झाक्री चरित्रका भ्यागुता हरु चुनावी मौसममा उफ्री-उफ्री मधेश झरेर ठुला-ठुला गफ हाक्ने र मधेशी जनतालाई Vote Bank मात्र ठान्ने हरुबाट सचेत हुन आग्रह समेत गरे।

Leave A Reply

Your email address will not be published.