Ultimate magazine theme for WordPress.

भन्सार छली अबैध तरिकाले नेपाल भित्रिएको कपडा सशस्त्र प्रहरीद्वारा बरामद

163

उमेश दुबे
पर्सा १३ जेष्ठ / बारा र पर्सा जिल्लाको विभिन्न नाकाबाट पक्राउ गरेको कपडा बिरगंज भन्सार राजस्व गस्ती टोलिले पक्राउ गरेको छ । भारतको रक्सौलबाट खरिद गरि अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा बिरगंज भन्सार राजस्व गस्ती टोलिले पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट बैध तरिकाले खरिद गरि अबैध तरिकाले नेपाल भित्र्याउदै गरेको अवस्थामा राजस्व गस्ती टोलिले बरामद गरेको छ । बिरगंज भन्सार सशस्त्र प्रहरी राजस्व गस्ती टोलिका प्रमुख डिएसपी तिलक खडकाको कमान्डमा खटिएको टोलिले बारा र पर्सा जिल्लाको विभिन्न नाकाबाट भित्रिदै गर्दा करीब ३ लाख २२ हजार बराबरको कपडा बरामद भएको हो । बरामद भएको कपडा अवाश्यक कारवाहीको लागि बिरगंज भन्सारमा बुझाइएको डिएसपी खडकाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.