Ultimate magazine theme for WordPress.

बेलायतमा नेपालीले मनाए पृथ्वी जयन्ती

121

प्रजय शुक्ल लण्डन, पुस २८  : २९५ औं पृथ्वी जन्मजयन्ती संयुक्त राष्ट्रवादी संगठन बेलायतले बुधवार लण्डनमा एक कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा पृथ्वी नारायण शाहका उपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइयो। आफनो पुर्खाको इतिहासलाई बिर्सन नहुने तर्क गर्दै वक्ताहरुले शाहकै योगदानका कारण नेपाल र नेपाली रहेको तर्क गरे।

कार्यक्रमका प्रमुख आतिथि समाजसेवी डा. राघवप्रसाद धितालले पृथ्वीनारायण शाहका राजनैतिक तथा सांस्कृतिक दूरदर्शिताको चर्चा गरे। एनआरएन युरोप संयोजक कुल आचार्य, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, शिवजी श्रेष्ठ, विकलचन्द्र आचार्य, चिरन्जीबी ढकाल, बसन्त शाह, हरिसिंह थापालगायतले पृथ्वीनारायण शाहका योगदानको चर्चा गरे। पत्रकार नृपेश उप्रेती, चतमान केसीले मुक्तक र कवितामार्फत् पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन ब्यक्त गरे।

Leave A Reply

Your email address will not be published.