Ultimate magazine theme for WordPress.

बीउवासंघको ४१ औं साधारणसभा आज हुने – अशोक बैध

62

बीरगंज, पुस २९ :  बीरगंज उद्योग वाणिज्य संघको ४१ औं साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको पुर्व अध्यक्ष अशोक बैधले बताएका छन  । साधारण सभाको आज एक समारोहका विच भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकले होटल भिष्वामा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमका लागि मन्त्री लेखक बीरगंज आई सक्नु भएको छ । नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने साधारण सभाको सपथ ग्रहण कार्यक्रमका लागि माघ ३ गते उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी आउनु हुने कार्यक्रम रहेको वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले बताउनु भयो । संघको नयाँ नेतृत्व चयनका लागि हुने साधारण सभामा उद्योग, एसोसिएट र एफिलिएट तर्फका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् भने बाणिज्य तर्फको १५ सिटमा २५ जनाले उम्मेदवारी दिएको र उम्मेदवारी दिएका मध्य ८ जनाले फिर्ता लिएपछि २ जनाले फिर्ता लिन नमान्दा वाणिज्य तर्फ मात्रै निर्वाचन हुने भएको छ ।

 

बाणिज्य तर्फ उम्मेदवारी दिएका सुशिल खेतान, किरण कुमारी साह, सुशिल कुमार अग्रवाल, संजय कुमारखण्डेवाल, शिव कुमार गोयल, सुरेश कुमार अग्रवाल, गोपाल केडिया, अवधेश कुमार सरावगीले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दिएका मध्ये प्रदिप कुमार अग्रवाल, जय प्रकाश अग्रवालले उम्मेदवारी फिर्ता लिन नमानेका कारण निर्वाचन हुने भएको हो ।

 

निर्वाचन हुने भएपछि वाणिज्य तर्फका प्रेम चन्द्र गोयल, तारा प्रसाद गुप्ता, श्याम सुन्दर रुगटा, गोविन्द प्रसाद साह, सुरेश कुमार रुगटा, दिपक कुमार टिवडेवाल, मनोज कुमार शर्मा, नवनित अग्रवाल, रामनगिना प्रसाद कानु, सुमन कुमार क्याल, नरेश कुमार अग्रवाल टिवडेवाल, माधव राजपाल, विकास कुमार क्याल, सिद्धार्थ धुढका, अनोज रुगटाको जित सुनिश्चित रहेको छ । यता उद्योग तर्फको १३ सिटका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएकोमा नवनित अग्रवाल, हेमन्त कुमार बैद्यले उम्मेदवारी फिर्ता लिएपछि उद्योग तर्फको १३ सिट निर्विरोध भएको छ । निर्विरोध हुनेहरुमा सुवोध कुमार गुप्ता, अरविन्द अमात्य, सुशान्त चाचान, मनोज कुमार दास, निरज अग्रवाल, रविन्द्र कुमार वर्णवाल, आशिष कुमार लाठ, पन्नालाल प्रसाद साह, सुनिल कुमार खेतान, अनिल कुमार अग्रवाल, शिवजी प्रसाद साह कलवार, हरि प्रसाद गौतम, सुरेश कुमार अग्रवाल रहेका छन् ।

 

त्यसैगरी एशोसिएट तर्फको ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएकोमा सुवोध कुमार गुप्ताले उम्मेदवारी फिर्ता लिएपछि ओम प्रकाश शर्मा, गोपाल केडिया, विनय काबरा, प्रकाश खण्डेवाल, विनय कुमार साह मारवाडी, हेमन्त कुमार बैद्य निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी एफिलिएट तर्फको १ पदका लागि प्रमोद कुमार चौरसिया यस अघि नै निर्विरोध निर्वाचित भएका छन् । सम्पन्न हुन गई रहेको ४१ औं साधारण सभाबाट अध्यक्षमा ओम प्रकाश शर्मा, वाणिज्य तर्फबाट उपाध्यक्षमा गोपाल केडिया, उद्योग तर्फबाट सुवोध कुमार गुप्ता, तृतीय उपाध्यक्षमा अनिल पटवारी र महासचिवमा सुनिल खेतानको पक्का पक्कि भएको वीरगंजका उद्योगी व्यवसायिहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.