Ultimate magazine theme for WordPress.

बिरगंज-कलैया सडक निर्माणको नाममा ढिलाइ, यात्रीलाइ सास्ती

174

पर्सा, २५ माघ / कलैया वीरगंज सडक खण्ड हिलाम्य भएको छ । सडक हिलाम्य भएपछि यात्रुहरुलाई ओहर दोहर गर्न सास्ती भोग्नु परेको हो ।
हुलाकी राजमार्ग योजना कार्यालय बिरगंज अन्तर्गत निर्माण भैरहेको बिरगंज-कलैया सडक ठेकेदारको लापरवाहीका कारण सडक हिलाम्य हुँदा साइकल र मोटरसाइकल यात्रुहरुका साथै सवारी चालकहरुलाई समेत समस्या भएको छ । ठेकेदारले एकातर्फको बाटो निर्माण गर्नुको सट्टा नियम विपरित एकै पटक चारैतिर माटो हालेको कारण यात्रुहरुलाई शास्ती भएको नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिहले आरोप लगाउनु भयो । लोडरले बाटो आज नै नसम्याए भोलि देखि ठेकेदारको गाडी नियन्त्रणमा लिएर कारवाहीको माँग गर्दै आफूहरु आन्दोलित हुने अध्यक्ष सिहले चेतावनी दिनु भयो ।
सडक हिलाम्य हुँदा ठाउँ ठाउँमा मोटरसाइकल, उखु बोकेको ट्रयाक्टर पल्टिनुका साथै विरामी बोकेको एम्बुलेन्स समेत घण्टौ सडकमै फसेको गुनासो सवारी चालकहरुले गरेका छन ।
निर्माण भैरहेको बिरगंज-कलैया सडकमा ठेकेदारले मनोमानी तरिकाले कार्य गरिरहेपनी हुलाकी राजमार्गले कारवाही नगरी दिदा ठेकेदारलाइ झन मनोबल बढेको बारावासी आरोप लगाएका छन । हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजका प्रमुख अनुठालाल पटेलले ठेकेदार कम्पनीलाई कारवाही नगर्नु नै निर्माण कम्पनी सङ मिलोमतो रहेको बारे प्रष्ट पार्दछ । सडकलाई मर्मतको नाममा लथालिङ्ग बनाएको आरोप स्थानियवासीको रहेको छ । तसर्थ यश बिसयमा प्रदेश सरकार र केन्द्र सरकारको ध्यान जान अति अवाश्यक छ ।

Leave A Reply

Your email address will not be published.