Ultimate magazine theme for WordPress.

बिकासको काम प्रति आफु पछाडी नहटेको अध्यक्ष अन्सारीले गरे दावी

423

बारा, १२ असार / बाराको फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारीले विकासको काम प्रति, जनताको हित प्रति आफु सदैव इमान्दारीता पूर्वक कार्य गर्ने बताउनु भएको छ । उहाले विगतका दिनहरुमा फेटा गाउपालिकामा भएको विकास बारे सराहनीय रहेको तर गुणस्तरहीन रहेको दावी गर्दै अगामी दिनमा जनताको मन जित्न सफल हुने काम गर्ने आश्वासन दिनु भएको हो ।
फेटा गाउपालिकालाई जिल्लाकै नमुना गाउपालिकामा परिणत गर्नु पर्ने आफ्नो चाहना रहेको र त्यस कार्यमा आफु पछि नहट्ने अध्यक्ष अन्सारीले दावी गर्नुभयो । आफ्नो गाउपालिका भित्र केही युवाहरु लागु औषधको कुलतमा फसेको र त्यस समस्याको निराकरणको निम्ति लागी परेको समेत अन्सारीले दावी गर्नुभयो । आफ्नो गाउपालिका हरियो भरियो बनाउनको निम्ति बृक्षारोपन समेत गरिएको बताउनु भयो ।
यस अनलाइन संग कुरा गर्दै अध्यक्ष अन्सारीले निर्वाचित भए पश्चात विकासको काममा रोक लगाउनको निम्ति आफ्ना विपक्षी पार्टी लागि परेको समेत बताए । आफु विकास कार्यको बाधक नरहेको बताउदै बिपक्षी पार्टीहरुले आफुलाई बदनाम गर्नको निम्ति बिभिन्न हतकण्डा अपनाइरहेको समेत अध्यक्ष अन्सारीले जिकिर गरे । कामको व्यवस्तताका कारण प्रतिक्रिया लिन संचारकर्मीले गरेको फोनको जवाफ फर्काउन नसकेको समेत जिकिर गरे ।
बारा जिल्लाकै युवा नेता तथा कान्छो नेताको रुपमा मानिने मेयर रुस्तम अन्सारीले अगामी ५ बर्षमा फेटा गाउपालिकालाई जिल्लाकै नमुना गाउपालिकामा परिणत गरिने समेत ठोकुवा गर्नु भयो । उहाले फेटा गाउपालिकालाई नमुना गाउपालिकाको रुपमा रुपान्तरण गर्नको निम्ति स्थानीय जनता, संचारकर्मी लगायत सबै संग सहयोगको अपेक्षा लिएको समेत बताउनु भयो । सबैले आ—आफ्नो ठाउबाट सहयोग गरे बिगत ५ बर्ष भित्र फेटा गाउपालिका नमुना गाउपालिकामा परिणत हुन सक्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.