Ultimate magazine theme for WordPress.

बार्सिलोनाले तोड्न सकेन खराब रेकर्ड, रियलसँग ६ अंक पछि पर्‍यो

86

१३ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलाना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । र, इएल क्लासिको अघिसम्म लिग लिडर रियल मड्रिड भन्दा ६ अंकले पछाडि रह्यो ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान एनोएटा स्टेडियममा भएको खेलमा सोसिडाडले ५३ औं मिनेटमा डा सिल्भाको गोलबाट अग्रता लिएको थियो । ६ मिनेटपछि नै लिओनल मेस्सीले बराबरी गोल फर्काए ।

तर, थप गोल गर्न बार्सिलोना असफल भएको छ । एनोइटा त्यो रंगशाला हो, जहाँ बार्सिलोनाले पछिल्लो ८ खेलमा जित हात पार्न सकेको छैन ।

बार्सिलोना १३ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । रियलको ३३ अंक छ भने तेस्रो स्थानमा रहेको सभिल्लाको २७ अंक नै छ ।

Leave A Reply

Your email address will not be published.