Ultimate magazine theme for WordPress.

बारा प्रहरीले बरामद गर्यो लागु औषध गाजा सहितको टेम्पू

118

बारा, ६ असोज / बारा प्रहरीले लागु औषध गाजा बोकेको टेम्पू र चालक सहित सवार रहेका एक जना नेपालि नागरिकलाइ नियन्त्रणमा लिन सफल भएको छ । हेटौडाबाट बिरगंजतर्फ जान लागेको टेम्पूमा लागु औषध गाजा रहेको जानकारी पाउनसाथ प्रहरी चौकि पथलैयाबाट खटिएको प्रहरी टोलिले टेम्पू सहित चालक र सवार रहेको एक ब्यक्तिलाइ नियन्त्रणमा लिन सफल भएको हो । बिहिबार बिहान करीब ६ बजेको समयमा सुचना पाउनसाथ प्रहरी चौकि पथलैयाबाट प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटिएको टोलिले ना १ ह ५८९३ नम्बरको टेम्पूमा लोड रहेको ३२ किलोग्राम लागु औषध गाजा सहित दुइ जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले जनाए अनुसार मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका वडा नम्बर १९ बस्तिपुर बस्ने हिरालाल स्याङ्गतान र सोहि निवासी लक्षमि मोक्तानलाइ नियन्त्रणमा लिएको जनाएको छ । यता प्रहरी चौकि पथलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादवले बिहान करिब ६ बजेको समयमा पक्राउ गरिएको लागु औषध गाजा सहित टेम्पू र चालकका साथ साथै सवार रहेका ब्यक्तिलाइ अवाश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको बताए ।

Leave A Reply

Your email address will not be published.