Ultimate magazine theme for WordPress.

बारा प्रहरीद्वारा लागू औषध गाजा सहित टेम्पु र कारोबारी पक्राउ

221

उमेश दुबे बारा, २४ जेष्ठ / बारा प्रहरीले बिशेष सूचनाको अधारमा लागू औषध गाजा सहित टेम्पु र लागू औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । बाराको महागढिमाइ नगरपालिका वडा नम्बर २ इनर्वा चौक नजिकैबाट पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दिएको जानकारी अनुसार लागू औषध गाजा ओसार पोसार भइरहेको बिशेष सूचनाको अधारमा ४९ किलोग्राम लागू औषध गाजा सहित ३ जना कारोबारी र टेम्पुलाइ नियन्त्रणमा लिएको बताउनु भयो । उहाले पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा टोल निवासी ३९ बर्षिय अमिरका पासवान, साेही ठाउँ निवासी ५६ बर्षिय रमेश चौधरी र ३७ बर्षिय राज कुमार ठाकुरलाई पक्राउ गरेकाे बताउनु भयो ।
बाराकाे महागढीमाई नगरपालिका वडा नं.२ इनर्वा चोक नजिकै बरियारपुरबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नं. को कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका ब्यक्तिहरुलाई चेकजाँच गर्दा निजहरूले बिक्रि वितरणको लागि उक्त अटोमा लुकाई छिपाई ल्याएको ७ पोकामा ४९ किलोग्राम अवैध लागू औषध गँजा बरामद भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका तिनै जनालाई बरामद लागू औषध र मानिस तथा सवारी साधनहरू समेतलाई नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले जानकारी बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.