Ultimate magazine theme for WordPress.

बारा प्रहरीद्वारा प्रतिबन्धित कुखुराको चल्ला बरामद

213

उमेश दुबे
बारा, २ कार्तिक / भारतबाट नेपाल भित्रिरहेको अबैध चल्लालाइ बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको फेटा गाउपालिका वडा नम्बर ४ बाट बारा प्रहरीले भारतिय चल्ला बरामद गरेको हो ।
आज बिहान करीब ५ बजेको समयमा भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा २६ सय वटा प्रतिबन्धित कुखुराको चल्ला बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरीले जनाए अनुसार सिमा प्रहरी चौकी छतवाबाट खटिएको टोलिले करीब २ लाख ८ हजार पर्ने कुखुराको चल्ला बरामद गरिएको जनाएको छ । पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी, भद्र भलादमी, पत्रकारहरु समेतको रोहवरमा उक्त चल्लाहरु पसाह खोला किनारमा खाल्डोमा पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.