Ultimate magazine theme for WordPress.

बारा प्रहरीको सक्रियताले ४० लाख बराबरको कपडा बरामद

359

उमेश दुबे
बारा, ८ कार्तिक ÷ नेपाल र भारतको सीमा नाका हुदै बढ्दै गएको तस्करी माथि बारा प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकासराज खनालको ठाडो आदेशमा भण्डारण गरी राखिएको करिब ४० लाख बराबरको कपडा बारा प्रहरीले बरामद गरेको हो ।
बाराको सिम्रौणगढ नगरपालिका वडा नम्बर ११ भगवानपुर टोल बस्ने रामनन्द जैश्वालको छोरा संजय जैश्वालले भारतबाट भन्सार छलि चोरी पैठारी गरी बिभिन्न किसिमका लताकपडा भण्डारण गरी राखिएको सूचनाको आधारमा बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक बिकासराज खनालले बताउनु भयो । उहाले बिहिवार साझ करिब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक रंजित सिंह राठोरको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गर्न सफल भएको बतााउनु भयो । शुक्रवार जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक खनालले ३९ लाख ४६ हजार ६१ रुपैया बराबरको लताकपडा बरामद गरिएको बताउनु भयो ।
प्रहरी उपरीक्षक बिकासराज खनालले सीमा नाकाबाट बढ्दै गएको तस्करी समेत माथि निगरानी बढाउन जिल्लाका मातहात चौकीहरुलाई कडा निर्देशन दिएको बताउनु भयो । हिन्दुहरुको महान चाडको रुपमा मनाइने लक्ष्मी पूजा, छठमा कुनैपनि अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको बताए । बरामद गरिएको कपडा अवाश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक खनालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.