Ultimate magazine theme for WordPress.

बारा प्रहरीको ठूलो सफलता : चोरीको ३ वटा मोटरसाइकल सहित चौधरी पक्राउ

201

उमेश दुबे
बारा, १२ फाल्गुन ÷ बाराको कोल्हविबाट चोरीको ३ वटा मोटरसाइकल सहित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको अधारमा कोल्हवि नगरपालिका वडा नम्बर ६ बस्ने नारायण चौधरीलाई चोरीको मोटरसाइकल खरिद बिक्रि गर्ने क्रममा बारा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा भर्खरै आउनु भएका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीको ठाडो निर्देशनले प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ । प्रहरी उपरीक्षक पंगेनीले सूचना आउनसाथ प्रहरी परिचालन गरिएको र सुराकीकै आधारमा ३ वटा चोरीको मोटरसाइकल सहित खरिद बिक्रि गर्ने चौधरीलाई पक्राउ गरिएको बताउनु भयो । यस अनलाइन संग कुरा गर्दै प्रहरी उपरीक्षक पंगेनीले बा ३७ प ९६८१ नम्बरको २२० सि.सि.को कालो रंगको पल्सर मोटरसाइकल १ थान, ग १० प ९६०७ नम्बरको २०० सि.सि.को सेतो रंगको पल्सर १ थान, ना ५२ प ४३८८ नम्बरको २०० सि.सि.को सेतो रंगको पल्सर १ थान गरी जम्मा ३ थान चोरीको मोटरसाइकल बरामद गरेको बताए ।

Leave A Reply

Your email address will not be published.