Ultimate magazine theme for WordPress.

बारा प्रहरीको ठूलो सफलता, श्रोत नखुलेको ४९ लाख रूपैया सहित २ जना भारतीय नागरिक पक्राउ

341

बारा, २५ माघ / बारा प्रहरीले श्रोत नखुलेको ४९ लाख रूपैया सहित दुई जना भारतीय नागरिकलाइ पक्राउ गर्न सफल भएको छ । शनिवार भारतबाट नेपालतर्फ आउदै गरेको दुई जना भारतीय नागरिकलाइ चेकजाच गर्दा ४९ लाख रूपैया बरामद गर्न सफल भएको हो ।
अस्थायी प्रहरी पोस्ट जोतपुरबाट खटिएको प्रहरी टोलिले भारततर्फबाट नेपाल आउदै गरेको दुई जना भारतीय नागरिकलाइ चेकजाच गर्दा ४९ लाख रूपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताउनु भयो । आइतवार जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले फेटा गाउपालिका वडा नम्बर ५ जोतपुरबाट ४९ लाख रूपैया सहित दुई जनालाइ पक्राउ गरिएको बताउनु भयो । उहाले अस्थायी प्रहरी पोस्ट जोतपुरबाट खटिएको टोलिले भारतबाट नेपालतर्फ बि.आर ०५ वाइ ६४१७ नम्बरको प्लाटिना मोटरसाइकलमा दुई जना सवार भइ आउदै गरेको अवस्थामा शन्का लागि चेकजाच गर्दा उक्त परिमाणको रकम बरामद भएको जनाउनु भयो । प्रहरी उपरीक्षक शाहीले रानी लेखिएको कपडाको झोलामा ४९ लाख नेपाली रूपैया लिएर आउदै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको बताउनु भयो । भारत बिहार जिल्ला मोतिहारी थाना हरपुर ग्राम पन्चायत हरपुर वडा नम्बर १० घोडासहन बस्ने प्रभु महतोको २६ बर्सिय छोरा अरबिन्द महतो र एक जना नबालकलाइ पक्राउ गरिएको बताउनु भयो । उनलाइ जिल्ला प्रहरी कार्यालाय बारामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपेन्द्र शाहिले बताउनु भयो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शाहिले आफू आएको २५ दिनमा लागू औषध सहित भारतबाट आयात भएको ४९ लाख बराबरको अबैध मालसामान पक्राउ गरि भन्सार दाखिला गर्नुको साथै नगद ४९ लाख पक्राउ गर्न सफल भएको दाबी गर्नुभयो । उहाले माघ महिनामा मात्रै २४ वटा मदिरा भट्टि समेत नस्ट गरिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.