Ultimate magazine theme for WordPress.

नेपाल प्रहरीले दिएको सुर्तीको लाइन, पक्राउ परेपछि

281

उमेश दुबे
बारा, ६ फाल्गुन / बारा जिल्लामा प्रहरीको तान्डव बढ्दै गएको छ भने सुर्ती ब्यपारीलाई लाइन दिने आम सर्वसाधारणलाई दुख दिने गरेको बताइएको छ । बाराको मूल नाकाको रूपमा चिनिने मटिअर्वा नाकामा नेपाल प्रहरीले खुल्याम रकम असुली गर्दै लाइन दिने गरेको पाइएको हो ।
मटिअर्वा सीमाबाट अबैध रूपमा भित्रिएको सुर्ती प्रहरी चौकी मटिअर्वाले लाइन दिएपनी सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको सुर्ती नियन्त्रणमा लिदा तस्करले प्रहरी चौकी मटिअर्वाका प्रहरी नायब निरीक्षक रुद्र श्रेष्ठलाई नजराना बुझाए पश्चात् भित्र्याएको बताएका छन । अबैध तरिकाले भित्रयाउदै गरेको सूचना पाउन साथ पछाडी गरेको टोलिले मटिअर्वा नहर बाटो नपुग्दै पक्राउ गर्न सफल भएको थिए । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सुर्ती आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा पठाउने सशस्त्र प्रहरीले जनाएको छ ।
यता स्थानियवासिका अनुसार प्रहरी चौकी मटिअर्वाका प्रमुख प्रहरी नायब निरीक्षक रुद्र श्रेष्ठले घुमुवाको रूपमा एक जना स्थानियवासीलाई चयन गरेका छन । ब्यपारीलाई लाइन मिलाउनको निम्ति एक जना वृद्ध मान्छेलाइ राखिएको बताएका छन । आफ्नो घरायसी प्रयोजनको लागि ल्याउने समानलाइ नियन्त्रणमा लिने र ठुला वडा ब्यपारीलाई लाइन दिने गरेको गुनासो पोखेका छन ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराई सङ बुझ्दा पैसा लिएको ठोस प्रमाण भेटिए कारवाही गरिने बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.