Ultimate magazine theme for WordPress.

बाराको बेलवा डीह मेलामा एकजनाको रहस्यमय मृत्यु

111

नूर आलम बादशाह,
मङ्सिर १ गते शनिवार, बाराको आदर्श कोतवाल वडा नं. ८ बेलवा डीह मेलामा गएराती एक जनाको मृत्यु भएको छ ।
सिम्रौनगढ़ नगरपालिका वडा नम्बर १० देवापुर टेटा घर भएका ३० बर्षीय इनरदेव यादवको मृत्यु भएको हो । हिजो राति नाच हेर्न गएका यादव आज बिहान मृत भेटिएको छ । मेला हेर्न गएका व्यक्ति आज विहान अचानक मृत फेला परेपछि घटना रहस्यमय बनेको हाम्रा सहकर्मीले जनाएका छन । यादव मृत अवस्थामा भेटिएपछि मेला समितिले प्रहरीलाई जानकारी गरेका थिए ।
घटनापछि प्रहरीले मेलामा पुगी घटनाबारे अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लैजाने तयारी भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.