Ultimate magazine theme for WordPress.

बाराको प्रसौनी क्षेत्रमा व्यापक मदिरा भट्टि संचालन, सम्बन्धित निकाय मुखदर्शक

128

बारा, ९ असोज / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही ठकुरी आफ्नो जिल्लामा अबैध क्रियाकलाप बन्द रहेको ठोकुवा गरिरहेकै बेला बाराको प्रसौनी क्षेत्रमा भने मदिरा भट्टि सन्चालनमा रहेको पाइन्छ । स्थानीय इलाका प्रहरी कार्यालय प्रसौनीको मिलोमतोमा प्रसौनी क्षेत्रमा मदिराभट्टिको बिगबिगी हुन सक्ने अनुमान स्थानीयहरूको रहेको हो ।
इलाका प्रहरी कार्यालय प्रसौनीको मातहतमा पर्ने नकटुवा, त्रिवेणि, प्रसौनी, मटिअर्वा, छातवा लगायतको ठाउहरूमा मदिरा भट्टि सन्चालनमा आएको छ । स्थानीय प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको सहयोग पाए पश्चात् मदिरा भट्टि पुन सुचारू भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक ठकुरीले आफ्नो क्षेत्रमा निगरानी बढाउन र कुनै किसिमको अपराधी क्रियाकलाप गर्न दिन नहुन निर्देशन दिएपनी उहाले दिएको निर्देशनको धज्जी उडाउदै मदिरा भट्टि सन्चालन भएको पाइन्छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीको जिम्मा पाएका प्रहरी निरीक्षक बिन्देश्वर यादवको आदेशमा मदिरा भट्टि सन्चालन भएको एक जना प्रहरी श्रोतले जनाएका छन । उनका अनुसार जिल्लाको सबै भन्दा बढी मदिरा भट्टि हुने ठाउँ मध्ये प्रसौनी एक नै रहेको बताए । प्रती मदिरा भट्टि सन्चालन बापत प्रहरी निरीक्षक यादवले ५ हजारदेखि २० हजारसम्म मासिक बुझने गरेको श्रोतले दाबी गरे । उनका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनीको मातहातमा २३ वटा मदिरा भट्टि सन्चालन रहेको बताए ।
नेपाली जनताको लागि शान्ती सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरीले आफ्नो वर्दी र पावरको गलत प्रयोग गर्दै मासिक नजराना बुझी यस्तो क्रियाकलाप गराउन थालेपछी बरेली जनता उदासिन बन्न थालेका छन । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरी निरीक्षक यादव माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.