Ultimate magazine theme for WordPress.

बाराको पत्रकार महासंघ अधिवेशन फागुन १७

45

बारा, ३ फागुन : नेपाल पत्रकार महासंघ बाराको ६ औँ अधिवेशन आगामी फागुन १७ गते हुने भएको छ ।  सोमबार महासंघको सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष कमल कुमार उपाध्यायको संयोजकत्वमा पदाधिकारी, सदस्य र सल्लाहकारसहितको मूल व्यवस्थापन समिति निर्माण गरेको छ ।

अधिवेशनले बारा शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । निर्वाचन सम्पन्न गर्नका लागि बैठकले वरिष्ठ पत्रकार उमेशलाला दास मुख्य  निर्वाचन अधिकृत तोकेको छ । हाल शाखामा ११२ सदस्य रहेका छन् ।  अधिवेशनबाट कार्यसमिति, प्रदेश सभासद् र केन्द्रीय सभासद् चुनिनेछन् ।अधिवेशन सम्पन्न गर्न ंपन्नालालकोे संयोजकत्वमा स्वागत सत्कार एवं मञ्च सजावट समिति, जयनारायण यादबको संयोजकत्वमा प्रतिवेदन तयारी समिति, भैयारामको संयोजकत्वमा आर्थिक व्ववस्थापन समिति, निर्माण गरेको छ ।

यसैगरी संजय तिवारीको संयोेजकत्वमा भोजन व्यवस्थापन समिति, अजय साहको संयोजकत्वमा मायाको चिनो व्यवस्थापन समिति, अप्सरा पुडासैनि को संयोजकत्वमा स्टेशनरी व्यवस्थापन समिति, पुष्पराज खतिवडाको संयोेजकत्वमा स्वयम्सेवक परिचालन समिति, निर्माण गरिएको छ ।

वैठकले सबै समितिलाई सहयोग गर्ने गरी उपाध्यक्ष राकेश पाण्डेयलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ । महासंघको समितीमा बसेर कसैले कुनै कार्य गर्न नसकेको अवस्थामा अन्य कार्य समितीका सदस्यहरुलाई जिम्मेवारी दिन अध्यक्षलाई अधिकार दिईएको निर्णय समेत गरेको छ । अधिवेशनका अवसरमा शाखाले स्थापना गरेको स्व.बिनोद प्याकुरेल स्मृति पत्रकारिता पुरस्कार र स्व.बिनोद प्याकुरेल स्मृति पत्रकारिता पुरस्कार चयनको लागी पुर्ब अध्यक्ष लक्ष्मि साहको अध्यक्षतामा सत्य प्रकाश श्रेष्ठ र गम्भिरा सहनि रहने गरी समिती चयन गरिएको छ । ।

सबै पुरस्कार छनौट गर्न गठन भएको निर्देशिका बमोजिम छनौट समिति निर्माण भएको शाखाले जनाएको छ । बैठक शाखा अध्यक्ष कमल कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.