Ultimate magazine theme for WordPress.

फोरम गणतान्त्रिकका केन्द्रिय सदसय ग़यासुद्दीन मियाँ मसुरी फोरम नेपालमा प्रबेश।

131

बिरगंज ,चैत्र १७ : संघिय समाजबादी फोरम नेपाल बीरगज -२५ मनियारीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा ग़यासुद्दीन मसुरी सहित सयकडौ जाना फोरम नेपालमा प्रबेश गरेक छन |
संघिय समाजवादी फोरमका केन्द्रिय उपाध्य्क्ष एव संसद लाल बाबु राउत गदीको प्रमुख अतिथियामा एवं जिल्ला अध्य्क्ष प्रदिप यादव को बिसिस्थ अतिथियामा सो कार्यक्रमको आयोजना गरिएको थियो |

सो कार्यक्रममा ग्यसुदीन मिया सहित सयेकड़ौ जना फोरम प्रवेश गरेको प्रदेश सचिव सलौदीन अहमदले बताए |

संघिय समाजवादी फोरमका केन्द्रिय उपाध्य्क्ष एव संसद लाल बाबु राउत गदीले आफ्नो मन्तब्य राख्दै भने संसोधन बिना निर्वाचन जागेर देखिने सपना जस्तै हो , बिना संसोधन देशमै निर्वाचन हुन नसक्ने उनले बताए | मधेश, थारु, आदिवासी जनजाती, मुस्लिमलगायतका पिछडिएका समुदायको मागलाई लत्याएर सरकारले गरेको सीमांकन र स्थानीय पुनसंरचना पनि मान्य छैन्।

उनले भने, ‘संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट छैन । यदि भए देशमा अनिष्ट हुन्छ ।’सीमांकन नै मधेशी मोर्चाको पहिलो एजेण्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जान नसकिने बताएका छन् ।

कार्यक्रमको बिसिस्ट अतिथि एवं फोरम नेपाल पर्साका अध्य्क्ष प्रदिप यादवले आफ्नो मन्तव्य राख्दै भने” संबिधान संशोधन गरे मात्र वर्तमान राजनितिक गतिरोधको अन्त्य हुने र स्थानीय चुनावबारे मधेशवादि दलले पनि सोच्न सक्ने बताए “सरकारको साशकीय मांसिकता रहेकोले मधेशी आदिवासि शोषित बनि राखोस्, उनीहरुको प्रतिनिधित्व न्यून होस् भन्ने चाहन्छ तर यो हामीलाई कदापि स्विकार्य छैन् भन्दै यादवले सरकारले बेला मै होस नपुर्याए अबको आन्दोलन चर्को र कडा हुने समेत ठोकुवा गरे ।

प्रवेश गर्नेहरुमा वाडका चिरपरिचित एवं चर्चित नेताहरु  कमल शाह तेली, रामबाबु गिरि ,भरत साह कानु ,सत्यदेव ठाकुर, जितेन्द्र साह कानु , राजेन्द्र चौहान , सिकेन्द्र साह ,एक महमद , रजाक मिया , अहमद अन्सारी , सुभाष कुमार, विजय ठाकुर, राम प्रसाद शाह, जमिल अख्तर लगायत सयेकड़ौ जना परवेश गरेका छन् |

नव प्रबेशीहरू लाई फुल माला लगाई प्रबेश गराउदै पार्टीका केन्द्रिय उपाधयक्ष मा.लालबाबु राउत ,केन्द्रीय सदस्य करिमा बेगम, बिरेनद्र यादव, प्रदेश सचिव सलाउदिन अहमद लगायतका नेता गनले स्वागत गरेका थिए।

Leave A Reply

Your email address will not be published.