Ultimate magazine theme for WordPress.

फेटा गाउपालिकाको बिभिन्न वडाहरुमा राहत वितरण हुने : अध्यक्ष अमिरीलाल प्रसाद

272

उमेश दुबे
बारा, ४ बैशाख ÷ फेटा गाउपालिका वडा नम्बर ७ मा गरीखानेको लागि राहत बितरण भरहेको छ । नेपाल सरकारले लागु गरेको लक डाउन सफल पार्नको निम्ति गरिब र निमुखाहरुलाई राहत बितरण गरिएको हो ।
फेटा गाउपालिका वडा नम्बर ७ मा गरिब र असहाय र्ससधारणको नाम कलेक्सन गरी राहत वितरण गरिरहेको वडा कार्यालयका अध्यक्ष महम्द हुसेन मियाले बताउनु भयो । उहाले राहत वितरण गरिरहेको क्रममा यस अनलाइन संग कुरा गर्दै समिति गठन गरी नाम छुटयाइएको र सोही बमोजिम राहत वितरण गरिरहेको बताउनु भयो । फेटा गाउपालिकाको सहयोगमा वडा नम्बर ७ गम्हरीया टोलमा २ सय ५० जना गरिब असहाय सर्वसधारणको लागि राहत वितरण गरिएको वडा अध्यक्ष महम्द हुसेन मियाले जानकारी दिनुभयो ।
फेटा गाउपालिका ७ नम्बर वडासम्म रहेपनि हाल राहत वितरणको कार्य सुचारु गरिएको फेटा गाउपालिकाका उपाध्यक्ष कमरुल खातुनले बताउनु भयो । उहाले २५ किलोग्राम चामल, ३ किलो आलु, १ किलो तेल, १ किलो दाल र १ किलो नुन वितरण गरिरहेको बताउनु भयो । उपमेयर खातुनले वडाहरुमा रहेका गरीखानेहरुको लागि मात्र राहत वितरण गरिएको बताउनु भयो । फेटा गाउपालिकामा बसेको बैठकले निर्णय गरी निर्णय बमोजिम राहत वितरण गरिरहेको बताउनु भयो ।
यता फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले वडा नम्बर ७ लगायत बिभिन्न वडाहरुमा भोलिदेखी राहत वितरण हुने बताउनु भएको छ । फेटा गाउपालिका वडा नम्बर ७ मा राहत बितरण गर्ने बेला अध्यक्ष प्रसादले बिभिन्न वडाहरुमा रहेका गरिब, दलित लगायत कमाउने खानेहरुको लागि लक डाउनको समयमा पर्न गएको असुबिधाका कारण राहत बितरण गर्न थालिएको बताउनु भयो ।
राहत वितरण गने बेलामा प्रहरी खटाई दुरी कायम गरी राहत वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमण देखा पर्नथालेपछि नेपाल सरकारले बढाएको लक डाउनलाई मध्य नजर गर्दै राहत वितरण गरिएको हो ।

Leave A Reply

Your email address will not be published.