Ultimate magazine theme for WordPress.

प्रेस युनियन बारा शाखाको सपथ कार्यक्रम सम्पन्न

341

बारा, २३ फाल्गुन / गत माग २९ गते कलैयामा सम्पन्न अबिधेसनबाट निर्विरोध निर्वाचित भएका जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रिय प्रतिनिधिले आज सिमरामा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएका छन । प्रेस युनियन बाराका नवनिर्वाचित पदाधिकारीले सिमराको होटेल इच्छामा भएको कार्यक्रममा सपथ ग्रहण गरेका हुन ।
केन्द्रिय प्रतिनिधि दिपेन्द्र चौहानको रोहवरमा निर्वाचन अधिकृत, अधिबक्ता नरेश चौधरीले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष श्यामबाबु यादवलाइ र अध्यक्ष यादवले अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई सपथ गराएका हुन् । चौहान प्रेस युनियन बाराको अधिबेशन गर्नका निमित्त केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका थिए ।
आजै केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुलाई पनि सपथ गराईनुका साथै निर्वाचित भएको प्रमाणपत्र समेत बितरण गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव गुरुप्रसाद गौतम, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्यद्वय भोजराज भट्टराई र जगत राईको समेत उपस्थिती रहेको थियो ।
यसैगरी नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रियंका दास, महासंघ बाराका सचिव गणेश रिजाल, प्रेस युनियन बाराका पूर्व सभापती रबिन्द्र सिङ, बरिष्ठ पत्रकार रेशम तिवारी, रतनलाल टेमानी, लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.