Ultimate magazine theme for WordPress.

प्रहरी र समुदायको सहयोगमा बसपार्क क्षेत्रको वेथिती नियंत्रण हुदै

282

बीरगन्ज , फागुन २० गते ।
बीरगन्ज महानगरको बसपार्क क्षेत्रको बेथिती केहि समय यता नियंत्रित भइरहेको पाइएको छ । बसपार्क क्षेत्रमा हुने गरेको अपराध जन्य कृयाकलापमा नियंत्रण आएको त्यसक्षेत्रका स्थानियले बताएका छन । लागुऔषध विक्री वितरण, यौन व्यवसाय , घरेलु मदिरा विक्री वितरणका साथै असमाजिक कार्यमा पछिल्ला केहि महिना यता सुधार भएको स्थानिय रमेश कलवारले बताउनु भयो । बसपार्क प्रहरी चौकीको सकृयता तथा स्थानिय समुदायको प्रयासमा विकृती नियंत्रण तर्फ उन्मुख भएको उहाले बताउनु भयो ।

बसपार्क प्रहरी चौकीको इन्चार्जको रुपमा प्रहरी नायब निरिक्षक बीजय शाही आएपछि स्थानियको समन्वयगरि गैरकानुनी कृयाकलाप नियंत्रण गर्दै आएका हुन । बसपार्क क्षेत्रमा प्राय जसो हुने गरेको चोरी , बढीभाडा वसुली , यात्रु लुटपाटका घटनामा समेत कमी आएको छ ।
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न चेतना मुलक कार्यक्म तथा स्थानियको भागिदारीका बीच सुधार भएको अनुभुती स्थानियवासीको रहेको छ । प्रहरीको कडाईपछि विभिन्न बस तथा सुमो लगायतका सवारी साधनमा हुने गरेको लागुऔषध ओसार पसारमा समेत कमी आएको देखिन्छ । समाजिक अगुवा, स्थानिय युवा तथा सामुदायिक सहयोगले समाजिक परिवर्तन सम्भव रहेकोले यस प्रयासलाई निरंतरता दिदै जाने स्थानियले बताएका छन ।

Leave A Reply

Your email address will not be published.