Ultimate magazine theme for WordPress.

प्रहरी निरीक्षक यादवको ठूलो सफलता, भारततर्फ लगिरहेको केराउ बोकेको ट्रयाक्टर लिए नियन्त्रणमा

372

उमेश दुबे
बारा, ३१ श्रावण / बाराको रजवटिया नजिकैबाट केराउ बोकेर भारततर्फ लग्दै गरेको अवस्थामा प्रहरी निरीक्षक यादवले ट्रयाक्टर सहित केराउ नियन्त्रणमा लिएका छन । ४४ वटा केराउको बोरा बोकेको ट्रयाक्टर भारततर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको हो ।
शनिवार राती करीब ८ बजेको समयमा भारततर्फ लगिरहेको विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी निरीक्षक ओमप्रकाश यादवको कामान्डमा खटिएको टोलिले पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । बिगत केही दिनदेखी छतवा नाका हुँदै भारततर्फ निर्यात भइरहेको केराउको सूचना पाउनासाथ प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीको आदेशले निगरानी गरिरहेकोले शनिवार राती पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको हो ।
मुलूक लगायत विश्वभरी फैलिएको कोरोना भाइरस महामारीको समयमा सीमा नाका हुँदै अबैध आयात निर्यात गर्न सफल भएका तस्कर संगठनलाई तह लगाउन बारा प्रहरीले लागीपरेको प्रहरी उपरीक्षक पङ्गेनीले जानकारी दिनुभयो । तस्कर संगठनको सोचलाइ चिर्दै आफ्नो संगठन तस्कर पछाडी लागि परेको उनले बताए । पक्राउ गरिएको केराउ इलाका प्रहरी कार्यालयमा लिएर आएको र अनुसन्धानको लागि आइतबार भन्सार बुझाउने प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.