Ultimate magazine theme for WordPress.

प्रहरी गस्ती फितलो हुनसाथ महानगर भित्र चोरहरूको बिगबिगी, फेरि बिरगंजको पिपराबाट मोटरसाइकल चोरी

181

उमेश दुबे
पर्सा, ११ चैत्र / बिरगंज महानगरपालिका भित्र प्रहरी सुरक्षा फितलो हुनसाथ चोर समुहको सकृयता बढेको छ । दिनप्रतिदिन चोर समुहहरूले बिरगंज महानगरपालिका भित्र चोरीको घटना दोहोराउदै गइरहेपनी प्रहरी प्रशासन काम कारवाही अगाडी बढाउनुको साटो मुखदर्सक बनेका हुन ।
बिरगंज महानगरपालिका वडा नम्बर १४ चिनिमिल अवाश छेत्र नजिकै राखिएको रातो कलरको पलसर मोटरसाइकल चोर समुहले चोरी गरि फरार भएका छन । बिरगंज महानगरपालिकाको विभिन्न ठाउहरूमा चोर समुहले प्रहरी सुरक्षालाइ चुनौती दिदै आफ्नो कार्यलाइ तिब्र रूपले अगाडी बढाइएको प्रष्ट भएको छ । वडा प्रहरी कार्यालय श्रीपुरमा प्रहरी निरीक्षक चक्र मल्ल आउनसाथ चोरीको घटनामा वृद्धि हुनु शंकाको बिषय बनेको छ ।
चिनिमिल अवास छेत्र नजिकै रोकि राखिएको ना ६२ प ३५३ नम्बरको रातो २२० सिसि पल्सर मोटरसाइकल आज चोर समुहले चोरी गरि फरार भएका छन । स्थानिय तहको चुनाव पहिला बिरगंज शहर सिसि केमराको निगरानीमा राखिने ढिन्डौरा पिट्दै हिडने नेताहरू हालको समयमा मौन हुदा यस्ता क्रियाकलाप बढेको स्थानियवासीहरू बताउछन । शान्ति सुरक्षाको जिम्मा पाएका नेपाल प्रहरीले समेत चोर समुहलाइ पक्राउ गर्न नसक्नु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.