Ultimate magazine theme for WordPress.

प्रहरी उपरीक्षक बस्नेतको ठाडो निर्देशनमा बरामद भयो ३ सय ६० किलोग्राम लागु औषध गाजा

1,121

पर्सा, २३ असार / पर्सा प्रहरीले तिन दिन नबित्दै ३ सय ६० किलो ग्राम लागु औषध गा“जा सहित ट्रक र भारतीय कार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको ठाडो निर्देशनमा तिन दिन नबित्दै अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले ३ सय ६० किलोग्राम लागु औषध गा“जा सहित ट्रक र भारतीय कार बरामद गरेको हो ।
बिहिवार बिहान करिब ९ बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानिपुर हुदै लागु औषध गा“जाको कारोवार भइरहेको बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले २ सय ७० किलोग्राम लागु औषध गाजा सहित भारतीय ट्रक बरामद गर्न सफल भएका छन । यु.पि.२१ ए.एन. ९९५७ नम्बरको भारतीय ट्रकमा लागु औषध गाजाको कारोवार भइरहेको बिशेष सुचनाको अधारमा भारतीय ट्रक सहित लागु औषध गा“जा र दुई जना भारतीय नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ पर्नेमा भारतको बिहार जिल्ला मोतिहारी ग्राम वडा नम्बर ११ सेमरी निवासी २७ बर्षिय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवा निवासी ५० बर्षिय धर्मेन्द्र यादवलाई लागु औषध गाजा बोकेको भारतीय ट्रक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनु भयो ।
त्यस्तै गत मंगलवार बिशेष सुचनाको अधारमा लागु औषध गाजा सहित भारतीय कार समेत बरामद गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । उहाले बिशेष सुचना पाउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर २८ बगही गेट नजिकैबाट लागु औषध गाजा बोकेको भारतीय कार सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको बताउनु भयो । यु.पि. ७० बि.के. ९९५५ नम्बरको इन्डिगो मेन्जर भारतीय कारमा ९० किलोग्राम लागु औषध गाजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत युपि जिल्ला मउ कमलसागर गोपालपुर निस्फी निवासी ३० बिर्षय रबिकान्त भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नं.१० निवासी २८ बर्षिय सुनिल भारतीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्ने भारतीय नागरिकहरु माथि लागु औषध सम्बन्धी कसुर मुदा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.