Ultimate magazine theme for WordPress.

प्रहरी उपरीक्षक ढकाललाई घुस दिन प्रयास गर्ने चौरसिया पक्राउ

162

रितेश पटेल
वीरगंज, ११ मंसिर ÷ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाललाई घुस दिन प्रयास गर्ने चौरसिया पक्राउ परेका छन् । प्रहरी उपरीक्षक ढकालको कार्यकक्षमै पुगि २५ हजार घुस दिन प्रयास गरेपछि पक्राउमा परेका हुन ।
महानगरपालिका भित्रिने र बाहिरिने सवारी साधनबाट पटके सवारी करको नाममा चान्दा आतंक बढेपछि नियन्त्रणमा लिन अभियान नै चलाए पश्चात घुस दिन आएको बताइएको छ । पर्सा प्रहरीले दिनहु करको नाममा चान्दा आतंक बढे पश्चात निगरानीमा राखिएको र कारवाही प्रकृया सुरु गरेको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो । पटके सवारी करको जिम्मा पाएका चौरसिया कन्ष्ट्रक्सनका कर्मचारीहरु माथि दिनहु पर्सा प्रहरीले चेकजाच र नियन्त्रणमा लिन थालेपछि घुसको रकम दिन आएका चौरसियालाई पक्राउ गरिएको बताउनु भयो ।
वीरगंज महानगरपालिका वडा नं. १६ निवाशी विश्वजित चौरसियालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो । पक्राउ परेका चौरसिया, चौरसिया कन्ष्ट्रक्सनका संचालक रामाकान्त चौरसिया नजिकको मान्छे रहेको बुझिएको छ । पक्राउ परेका चौरसिया माथि कानूनी कारवाही अगाडी बढाउने प्रहरी उपरीक्षक ढकालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.