Ultimate magazine theme for WordPress.

प्रहरीले गोलि चलाएर पनि समाते हतियार र गोलि सहित भारतीय नागरिक

382

उमेश दुबे
बारा, ५ कार्तिक / बाराको सिमौणगढ क्षेत्रबाट प्रहरीले गोलि चलाएर एक जना भारतीय नागरिकलाइ हतियार र गोलि सहित पक्राउ गर्न सफल भएको छ । बाराको प्रहरी चौकी कचोर्वाबाट प्रहरी हवलदार छोटेलाल प्रसाद यादवको कमान्डमा खटिएको टोलिले हतियार चलाएर भएपनी भारतिय नागरिकलाइ हतियार र गोलि सहित पक्राउ गरेको हो ।
प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलिलाइ हेर्नसाथ भाग्न खोज्दा प्रहरीले लखेट्दै जादा प्रहरी माथी एक राउन्ड गोलि चलाए पश्चात् जवाबी कारवाहीमा बारा प्रहरीले समेत १ राउन्ड गोलि चलाएका थिए । प्रहरीले चलाएको गोलि लागि घाइते भएका अपराधीलाई नियन्त्रणमा लिन सफल भएको बारा प्रहरीले जनाएको छ । भारतको जिल्ला मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने बर्ष २८ को बृजकिशोर कुशवाहा सङ्ग रहेको १ थान कटुवा पेस्तोल र ५ थान गोलि बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । प्रहरीले चलाएको गोलिबाट घाइते भएका कुश्वाहालाई स्थानीय स्वास्थय केन्द्रमा उपचार भइरहेको र हाल अवस्था ठिक रहेको मिश्रले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.