Ultimate magazine theme for WordPress.

प्रहरीद्वारा लागु औषध गाजा बरामद

122
रितेश पटेल
पर्सा, ९ पौष ÷ वीरगंज महानगरपालिका रामगढवाबाट प्रहरीले लागु औषध गाजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाचको क्रममा गाजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
आइतवार साझ करिब ६ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाचको क्रममा लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ । चेकजाचको क्रममा ना.५१.प ५९५६ नम्बरको मोटरसाइकललाई चेकजाच गर्ने क्रममा खैरो रंगको झोला चेक गरिरहेकै अवस्थामा मोटरसाइकल चालक फरार भएको र लागु औषध गाजा १४ किलो ८ सय ग्राम सहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालक फरार हुदा शंका लागि खैरो रंगको झोला चेक गर्दा उक्त परिमाण बराबरको लागु औषध बरामद गर्न सफल भएको प्रहरी निरीक्षक चक्र मल्लले जानकारी दिनुभयो । यस बिषयमा आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.