Ultimate magazine theme for WordPress.

प्रशासकीय अधिकृत मेहताको आर्थिक मोह

139

बारा, २३ असार / असार मसान्त समाप्त हुन केही दिन मात्र बाकी रहेको समयमा परवानिपुर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले आफ्नो मानोमानी तरिकाले गरेको कामको भुक्तानी गर्न कमिसन लिने गरेको आरोप एक जनाले लगाएका छन । सडक र नाला निर्माणको काम गरेको बापत भुक्तानी लिन पटक पटक पारवानिपुर धाइरहदा समेत प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले मात्र आफ्नो कमिसन माङ्गने गरेको तर आफू कमिसन दिन नमान्दा भुक्तानी गर्न नमानेको आरोप उनले लगाएका हुन । हालसम्म भुक्तानी नपाएको कारण आफ्नो नाम गोप्य राख्ने सर्तमा कमिसन दिने ठेकेदारको काम गर्ने गरेको तर आफुले गरेको कामको भुक्तानी कमिसनकै कारण नदिएको आरोप उनले लगाए । स्थानीय तहमा भ्रष्टाचार बढेकै मेहता जस्तो प्रमुख प्रशासकीय अधिकृतले गर्दा हुने गरेको आरोप उनको रहेको छ । यता यस बिषयमा पटक पटक पटक परवानिपुर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता सङ्ग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल स्विच अफ राख्ने गरेको पाइन्छ । स्थानीय तहमा भएको बिकास सङ्गै प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता माथी लगाइएको आरोप बारे बारम्बार सम्पर्क गर्न खोज्दा उहाँ मिडियामा केही बोल्न चाहेन्न । बिगतको तुलना भन्दा पनि बि.सं. २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भ्रष्टाचार बढेको हालसम्मको तथ्यांकले पुष्टि गरेको छ । तर सम्बन्धित भनिएका अख्तियार दुरूपयोग अनुसन्धानले समेत केही चासो नदेखाउदा यस्ता क्रियाकलाप अर्थात भ्रष्टाचार नरोकिएको दाबी स्थानीयले गरेका छन । को हुन प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता ? यस अघि पर्सा जिल्लाको जिराभवानी गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा रहदा स्थानीय युवाका साथै पत्रकार मिलाउन सिपालु मानिएका मेहताले हाल पद र पावरको दुरुपयोग गर्ने गरेको पाइन्छ । उनी जहाँ गएपनी मिडियामा बढी खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृतको रूपमा मानिने गर्दछन ।

Leave A Reply

Your email address will not be published.