Ultimate magazine theme for WordPress.

प्रमुख जिल्ला अधिकारी पन्डितले पक्राउ गरेको रासायनिक मलबाट १३ बोरा गायब रहेको आरोप

436

बारा, ७ भाद्र / आज बिहान प्रमुख जिल्ला अधिकारीले पक्राउ गरेको ४० बोरा रासायनिक मलबाट १७ बोरा गायब भएको खबर प्राप्त भएको छ । बाराको सिम्रौणगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरबाट पक्राउ गरिएको मलको बोराबाट १३ बोरा गायब रहेको समाचार प्राप्त भएको हो ।
आज बिहान पक्राउ गरिएको रासायनिक मलको बिषयमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पन्डितले आफ्नो फेसबूक समाजिक सन्जाल मार्फत ४० बोरा नियन्त्रणमा लिएको बारे जानकारी गराएका थिए । तर स्थानीय प्रहरीले प्रमुख जिल्ला अधिकारी आफ्नो फेसबूकमा लेखेको स्टेटस मध्ये मात्र २३ बोरा रासायनिक मल रहेको बताएका छन ।
यस बिसयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी सङ्ग बुझ्दा मात्र २३ बोरा रासायनिक मल इलाका प्रहरी कार्यालय सिम्रौणगढमा बुझाइएको र फर्किरहेको अवस्थामा दोश्रो पटक १७ बोरा रासायनिक मल नियन्त्रणमा लिएको बताउनु भयो । तर भगवानपुर निवासी एक जना सर्वसाधारणले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा ४० बोरा रासायनिक मल एकैचोटी बरामद गरिएको बताएका छन । उहाले ४० बोरा मल मध्ये १७ बोरा प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा छोडिएको र कुरा बाहिर आउनसाथ फर्किरहेको अवस्थामा झन थप रासायनिक मल पक्राउ गरि लगेको जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.