Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री ज्यू हाम्रो कुरा कसैले सुनेनन्, अब तपाई बाहेक हाम्रो को छ र : अभिभावक

169

काठमाडौं, माघ २६ । कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित चीनको युहानमा रहेका आफ्ना छोराछोरीलाई स्वदेश फिर्ता गराउन सरकारले आलटाल गरिरहेको गुनासो अभिभावहरुले गरेका छन् । २ हप्तादेखि पटक पटक स्वदेश फिर्ताका लागि आग्रह गर्दा सरकारले पहल गरिरहेको बताएपनि कहिले ल्याउने भन्ने मिति नतोकि दिंदा आफुहरु अन्यौलमा परेको दुखेसो अभिभावहरुले गरेका छन् ।
सरकारले चीनबाट फिर्ता ल्याउने निर्णय गर्दा आफु र चीनमा रहेका छोराछोरी नेपाल फिर्ता आउने आशामा बस्दै आएकोमा अहिले कहिले ल्याउने भन्ने मिति तोक्न नसकेकाले छोराछोरीहरु मानसिक तनावमा बस्न परेको अभिभावहरुको भनाइ छ । गृह ,परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक स्वदेश फिर्ताका लागि आग्रह गर्दा सबैबाट आश्वासन मात्रै पाएकाले आफ्ना छोराछोरीको जीवन रक्षाको लागि पहल गरिदिन आग्रह गर्दै अभिभावहरुले आइतबार राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र बुझाएका छन् ।
झण्ढै ३ हप्तादेखि बन्द कोठामा बन्दीको जस्तो जीवन जीउन परिरहेकाले उनीहरुलाई खान बस्न समस्या हुनुका साथै आत्तिएर मानसिक तनाव हुन थालेकाले तत्कालै फिर्ताको पहल गर्न आफुहरुले आग्रह गरेको अभिभावक मध्येकी पल्लवी श्रीवास्तवले जानकारी दिनुभयो ।
यसैबिच, राष्ट्रिय मानव अधिकार आयोगले चीनमा रहेका नेपालीहरुको अवस्थाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्कालै उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ । अभिभावहरुको गुनासो सुनिसकेपछि आइतबार बसेको आयोगको आकस्मिक बैठकले आफ्ना नागरिकहरुलाई यथासिघ्र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.