Ultimate magazine theme for WordPress.

प्रदेश नम्बर २ को प्रहरीलाई डिआईजी कार्कीले दिए कडा निर्देशन, पर्साबाट १ ट्रक छोहडा बरामद

389

उमेश दुबे
पर्सा, २२ भाद्र ÷ प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी प्रधुमन कार्कीले सीमा नाकामा कडाई गर्न प्रदेश नम्बर २ का प्रहरीहरुलाई कडा निर्देशन दिएका छन् । डिआईजी कार्कीको निर्देशन आउन साथ पर्साको भिष्वाबाट एउटा छोहडाको मिनि ट्रक बरामद भएको हो ।
नेपाल र भारतको सीमाबाट हुने अवैध कारोवारहरु पूर्ण रुपले ठप्प नपारे कारवाहीको भागिदार हुने निर्देशन दिएपछि सीमा नाकामा पर्सा प्रहरीको निगरानी बढेको छ । प्रदेश प्रहरी प्रमुख डिआईजी कार्कीले सूचना आउन साथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारततर्फ गइरहेको छोहडाको ट्रक पक्राउ गर्न सफल भएको बताए ।

पर्साको भिष्वा नाकाबाट बढ्दै गएको तस्करीको बिषयमा सूचना आउनसाथ आफ्नै निर्देशनमा जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली परिचालन गरी पक्राउ गर्न लगाएको डिआईजी कार्कीले बताउनु भयो । डिआईजी कार्की यस अनलाईन संग कुरा गर्दै सीमाबाट हुने अवैध कारोवार लगायत अपराधी गतिविधिमा संलग्न प्रहरीहरुलाई कारवाही गरिने बताउनु भयो । पक्राउ गरिएको छोहडाको ट्रकमा २ सय ४० बोरा छोहडा रहेको डिआईजी कार्कीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.