Ultimate magazine theme for WordPress.

प्रतिबन्धित लागु औषध सहित ३ जना पक्राउ

111

उमेश दुबे
पर्सा, १७ मंसिर ÷ वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा चौक नजिकैबाट लागु औषध ईन्जेक्सन सहित २ जना पक्राउ परेका छन् । पर्सा प्रहरीले विभिन्न सवारी साधन समेतको चेकजाचको क्रममा लागु औषध ईन्जेक्सन सहित पक्राउ गरेको हो ।
भारतबाट नेपाल भित्रिएको ना.५४.प ९३८६ नम्बरको मोटरसाइकलमा चेकजाच गर्दा लागु औषध ईन्जेक्सन डाइजेल्याव ५०० पिस, फेनारगन ५०० पिस र नुर्फिन ५०० पिस गरी १५०० पिस लागु औषध ईन्जेक्सन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले बताउनु भयो । प्रतिबन्धित लागु औषध सहित वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने २० बर्षिय उदय साह तेली र सोही निवासी १८ बर्षिय ज्याउल अंसारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले बताउनु भयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा लागु औषध नाइट्रोभ्याट टयावलेट ३०० पिस सहित एक जनालाई पक्राउ गरिएको बताइएको छ । भारतको रक्सौलतर्फबाट वीरगंजतर्फ पैदल हिडीआउदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको बताइएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतज्यन्तिबाट मकवानपुरको हेटौडा उप—महानगरपालिका वडा नं. ४ बस्ने ४२ बर्षिय बिजय परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राइले बताउनु भयो । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.