Ultimate magazine theme for WordPress.

प्रतिपक्षको वितण्डाले संविधान संशोधन, महाभियोग र निर्वाचन रोकियो: प्रचण्ड

57

विराटनगर, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमालेका कारण संविधान संशोधन, महाभियोग र निर्वाचन प्रक्रिया रोकिएको आरोप लगाएका छन् । सरकारले संसदमा कुनै प्रस्तावै राख्न नपाउने गरी प्रतिपक्षले बितण्डा मच्चाएको उनले आरोप लगाए ।

पार्टीको आन्तरिक प्रशिक्षणका लागि मोरङको विराटनगर आएका प्रचण्डले प्रतिपक्ष दल एमालेले संसद नै चल्न नदिएर महत्वपूर्ण तीन वटा काम रोकिएको बताए ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले संसद चल्न नदिएर प्रतिपक्षी दलहरुले मुलुकका लागि महत्वपूर्ण तीन मुख्य काम गर्नबाट रोकेको आरोप लगाएका हुन् ।

विपक्षीहरुले अनावश्यक रुपमा संसद अवरोध गरेर गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको समेत उनले आरोप लगाए । संसद चल्न नदिए प्रतिपक्षी दलहरुले नै नोक्सानी ब्यहोर्नुपर्ने उनले बताए । प्रचण्डले संशोधन प्रस्ताव संसदमा छलफल हुन दिएर पास फेल गर्न सकिने औंल्याए ।

प्रचण्डले वैधानिक सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुने बताए । स्थानीय तहको निर्वाचन नभई केन्द्रीय संसदको निर्वाचन नहुने बताए ।

पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भिर षड्यन्त्र लुकेको भन्दै उनले यदि त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल हुने दाबी गरे ।

 

Leave A Reply

Your email address will not be published.