Ultimate magazine theme for WordPress.

प्रकाशमानको, ‘चुनौती संशोधन राष्ट्रघाती प्रमाणित गरेर देखाउ’

52

काठमाडौ/ पौष ३ : कांग्रेस नेता प्रकाशमान सिंहले संविधान संशोधन विधेयकलाई राष्ट्रघाती प्रमाणित गर्न चुनौती दिएका छन् ।

आइतबार ललितपुरको जाउलाखेलमा गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण गर्दै नेता सिंहले प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रघाती संशोधन विधेयक पारित गर्न नदिने अडान लिइरहेका बेला संशोधन प्रस्तावलाई राष्ट्रघाती प्रमाणित गर्न एमालेलाई चुनौती दिएका हुन्।

संसदीय व्यवस्थाको उपहास हुनेगरी संसद अबरोध गरेर एमालेले संसदीय व्यवस्थालाई कमजोर बनाउने प्रयास गरेको उनले आरोप लगाए। उनले प्रक्रिया गइसकेपछि प्रस्ताव फेल गरेर देखाउन चुनौती दिए । उनले प्रमुख दलहरु जिम्मेवार भएर संविधान कार्यान्वयनको वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिँदै नेता सिंहले भने, ‘त्यसो हुन सकेन भने मुलुक गम्भीर संकटमा फस्नेछ।’

असन्तुष्टिलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको भन्दै त्यसलाई सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले कुनैपनि हालतमा संविधान संशोधन प्रस्ताव अगाडि बढ्ने भन्दै प्रक्रियाबाटै त्यसको छिनोफानो हुनुपर्नेमा जोड दिए। सो अवसरमा नेता सिंहले गशेणमान सिंहको पूर्णकदको शालिक अनावरण गरेका थिए।

 

Leave A Reply

Your email address will not be published.