Ultimate magazine theme for WordPress.

पुर्वाधार कार्यालय बाराको असाढे बिकासमा ब्रम्हलूट

45

कलैया, २३ असार / पुर्वाधार कार्यालय बाराले असाढे बिकासमा बह्मलुट मचाएको छ। पुर्वाधार कार्यालय बाराको निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले आफ्नो मुखपात्र बिजय यादव मार्फत बह्मलुट मचाएको छन्। निमित्त कार्यालय प्रमुख साहले पुर्वाधार कार्यालयको योजनाहरुबाट अग्रिम कमिशन नलिई समझौता तथा कार्यादेश नदिने गरेको सोहि कार्यालयको लेखा प्रमुख राजेश्वर प्रसाद कुशवाहाले मिति २०८१ बैशाख २८ गते सार्वजनिक गरेको पत्रबाट प्रमाणित भईसकेको कुरा छ। कुशवाहाले कमिशन नपाउँदा पत्र सार्वजनिक गरेपछि निमित्त कार्यालय प्रमुख साह र यादवलाई समस्या सिर्जना भएपछि कुशवाहाको पनि हरेक योजना तिन प्रतिशत कमिसन दिने कुरामा सहमति भएको छ। सहमति अनुसार कुशवाहाले कुनै पनि योजनाको भुक्तानी हुने रकमको तिन प्रतिशत अग्रिम लिएपछि भुक्तानी गर्ने गरेको श्रोतको दाबी रहेको छ। साथै निमित्त कार्यालय प्रमुख साह र जनता अवास कार्यालयको कर्मचारी यादवले निधि आवास निर्माण कार्यक्रममा समेत ब्रहमलुट मचाएका छन्। पूर्वधार कार्यालय बारा अन्तर्गत रहेको जनता आवास कार्यक्रम तर्फ करिब नौ सय अति विपन र गरीबको निधि आवास निर्माण भईरहेको छ। निधी निवास कार्यक्रम अन्तर्गत निर्माण कार्य सम्पन्न भएकोलाई भुक्तानी नगरी बढी कमिशनको भरमा निर्माण कार्य सम्पन्न नभएको योजनाको भुक्तानी हुने गरेको गुनासो प्राप्त भएको छ। निधी निवास सँगै पुर्वाधार कार्यालयबाट बिक्रि गरीएको योजनाहरुको भुक्तानी लिन कर्मचारीलाई फिल्ड खर्च बापत तिन प्रतिशत, लेखा प्रमुख कुशवाहालाई तिन प्रतिशत अग्रिम दिएमा मात्र भुक्तानी हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक निर्माण व्यवसायीले जानकारी दिएका छन्। उक्त निर्माण व्यवसायीको अनुसार पुर्वाधार कार्यालय र जनता आवास कार्यालयमा कुनै कर्मचारी नबस्ने गरेको तथा होटलहरुमा बसी पैसा असुल्ने मात्र काम गरिरहेको जानकारी दिएका छन्। निधी निवासको एउटा घर निर्माणमा भुक्तानी गर्न ७० हजार देखि एक लाख सम्म यादवले असुल्ने गरेका छन् भने यादवको माध्यमबाट निमित्त कार्यालय प्रमुख साहले लिने गरेको दाबी गरेका छन्। किनभने यादवले पैसा नलिएसम्म निमित्त कार्यालय प्रमुख साहले कुनै पनि फायल सदर नगर्ने नगरेको गुनासो गरेका छन्। नाम उल्लेख नगर्नमा उहाँ अहिले नै कुरा बाहिर आएमा आफुले काम गरेको भुक्तानी हुन समस्या हुने भएकोले यहि २५ गतेबाट आफुहरु खुलेर सम्पुर्ण प्रमाण सहित जानकारी उपल्बध गराउने प्रतिबद्धता यस पत्रिका सँग गरेका छन् ‌। पुर्वाधार कार्यालयको नमुना कार्य हेर्ने हो भने कलैया उपमहानगरपालिका वडा नं १४ स्थित बघवन देखि भौरा जाने कृषि सडकलाई हेर्न सकिन्छ। जुन सडकको अगाडि र पछाडिको भाग छाडी विचमा ढलान भएको छ। र त्यसको भुक्तानी समेत भईसकेको छ। त्यस्तै सिम्रौनगढ नगरपालिका वडा नं १ स्थित सुचना बैरियामा निर्माणधिन अवस्थामा नै नाला भत्केको समाचार यस पत्रिकाले प्रकाशन गरेको थियो। भने सोहि बाटो ढलान कार्य पानी परेको अवस्थामा माटो नै भईएको छ। सभार : शुभ आरम्भ रास्ट्रिय दैनिक

Leave A Reply

Your email address will not be published.