Ultimate magazine theme for WordPress.

पारस भण्डारी माथी वडा अध्यक्षद्वारा संघातिक हमला

169

रौतहट १७ श्रावण / रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको वडा नं ४ बिशुनपुर्वा मानपुर को श्री माध्यमिक विद्यालय बिसुनपुर्वा मानपुरमा आज वडा अध्यक्षका छोरा रामकालेबर मुखिया र उनका पार्टीको कार्यकर्ता द्वारा पारस भन्डारि माथी संघातिक हमला गरिएको छ । वडा अध्यक्षले स्कुलको प्राध्यापकलाई बिधार्थी भर्ना गर्ने निहु बनाई जबरजस्ती कुटपिट गरेका हुन ।
वडा अध्यक्षका छोरा र वडा अध्यक्षका आसेपासे द्वारा दुइ पछिए झड़प हुदा पारस भण्डारि सहित १६ जना गम्भीर घाइते भएका छन् । केहिको अवस्था गम्भीर रहेको छ भने केहि लाई चोट पटक लागेको छ । घाइते मध्ये एक जना लाई काठमाडौँ रेफेर समेत गरिएको स्थानीयले जानकारी दिएका छन । यतिसम्म मात्र नभइ वडा अध्यक्षको गिरोह ले सुबोध भगत मालीको गर्भबती स्वासनीलाई समेत कुटपिट गरेको स्थानीयको ठहर रहेको छ ।
दोषिलाई पक्राउ गरि कानून बमोजिम कारवाही गर्न पारस भण्डारीले माग गरेका छन । वडा अध्यक्षको छोराले स्थानीय माथी धाधली गरि कुटपिट गर्दै आएको स्थानीयले आरोप लगाएका छन ।पारस भण्डारीको अवस्था चिन्ताजनक रहेकोेले रौतहटको मध्य भागमा रहेको रौतहट ग्रन्डि होस्पिटल एण्ड आइ केयरमा भर्ना गरिएको उनका आफन्तले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.