Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीद्वारा ४२ लाख बराबरको मालसमान बरामद

215

उमेश दुबे
पर्सा २३ असार / नेपालबाट भारत पुर्याउने उदेश्यले केराउ र स्याउ लोड गरि लगिरहेको ट्रयाक्टर नेपाल प्रहरीले बरामद गरेको छ । बिरगंजबाट केराउ र स्याउ लोड गरि बहुअरीतर्फ गइरहेको ट्रयाक्टरलाई प्रदेश प्रहरीका प्रमुख डिआइजी उमेश रन्जितकारको आदेशमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलिले नियन्त्रणमा लिएको हो ।
आज बिहान करीब १ बजेको समयमा बिरगंजबाट बहुअरीतर्फ जाँदै गरेको दुइवटा ट्रयाक्टरलाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । सुचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले दुइटै ट्रयाक्टरलाई रोकि चेकजाच गरिरहेको अवस्थामा दुबै चालक फरार भएपनी ट्रयाकटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले दाबी गरेको छ । दुबै ट्रयाक्टर मध्ये ना.१ त. ७०४५ नं. को ट्रयाक्टरमा स्याउ ४,००० केजी र ना.४ त.८५६२ नं. को ट्रयाक्टरमा केराउ ६००० केजि लोड रहेको अवस्थामा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । बरामद गरेको दुबै ट्रयाक्टर सहित केराउ र स्याउ करीब २२ लाख बराबरको रहेको तथा अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यता मङ्गलबार राती करीब १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले भन्सार छली गरि नेपाल भित्रयाएको खुद्रा समान सहित ट्रकलाइ नियन्त्रणमा लिन सफल भएको छ । भन्सार छली गरि नेपाल भित्रयाइएको खुद्रा समान ट्रकको माध्यमले गइरहेको बिशेष सूचना पाउनसाथ नियन्त्रणमा लिन सफल भएको पर्सा प्रहरीले जनाएको हो ।
जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नं.को ट्रकलाई रोकी जाँच गर्ने क्रममा चालक फरार भएपनी लोड रहेको करीब २० लाख बराबरको खुद्रा समान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पान्डेले जानकारी दिनुभयो । उहाले खुद्रा समान सहित ट्रकलाइ अवाश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.