Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीद्वारा ११ क्युफिट सालको काठ सहित दुई जना पक्राउ

171

उमेश दुबे
पर्सा, २६ बैशाख ÷ पर्सा प्रहरीले ११ क्युफिट सालको काठ सहित दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ग्रामिण भेगबाट वीरगंजतर्फ आउदै गरेको बसबाट ११ क्युफिट सालको काठ सहित दुई जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक चक्र मल्लले पर्साको ग्रामिण भेगमा पर्ने बागवानाबाट वीरगंज आउदै बसमा सालको काठ आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको बताउनु भयो । उहाले बगवानाबाट वीरगंज आउदै गरेको ना.४.ख. ६९५८ नम्बरको बसमा सालको काठ आइरहेको बिशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्बर १३ राजमार्ग चौकबाट पक्राउ गर्न सफल भएको बताउनु भयो । प्रहरी निरीक्षक चक्र मल्लले सालको काठ सहित चालक बलिराम सहनी र बस धनि चैत्री देवीलाई नियन्त्रणमा लिएको बताउनु भयो ।

बिगत केही दिनदेखी सालको काठ तस्करी बारे सूचना आउन थालेको र सूचनाको आधारमा पक्राउ गर्न सफल भइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । पक्राउ गरिएको चालक र बसधनि माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.