Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीको सक्रियताले एकै रातमा भयो १७ लाख बराबरको इलेक्ट्रोनिक समाग्री बरामद

143

उमेश दुबे पर्सा, / पर्सा प्रहरीको सक्रियता बढ्नसाथ एकैरातमा १७ लाख बराबरको इलेक्ट्रोनिक समाग्री बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको आदेश अनुसार पर्सा प्रहरीको सक्रियता बढनसाथ भारतबाट नेपाल भित्रिएको सत्र लाख बराबरको इलेक्ट्रोनिक समाग्री बरामद भएको हो ।
बिशेष सूचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी नगवाको सन्युक्त टोलिले इलेक्ट्रोनिक समाग्री सहित एक जनालाइ पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । रातिको मौका छोपी सशस्त्र प्रहरीलाई नजराना बुझाएर नेपाल भित्रयाउदै गरेको बिशेष सूचना आउनसाथ प्रहरी परिचालन भइ भारी मात्रामा इलेक्ट्रोनिक समाग्री बरामद गरेको जनाइएको छ ।
बोर्डर आउट पोस्ट बिरगंज भन्सारका सशस्त्र प्रहरीलाई मासिक लाखौ रूपैया नजराना बुझाइ इलेक्ट्रोनिक समाग्रीको कार्य भइरहेको बिषयमा यस कार्यले पुष्टि समेत गरेको छ । इलेक्ट्रोनिक समाग्री अबैध तरिकाले आयात/निर्यात गर्नको निम्ति बोर्डर आउट पोस्ट बिरगंज भन्सार र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका समेतले लाखौ रूपैया मासिक बुझेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक शोभन बिक्रम राणाको कमान्डमा खटिएको सादा पोशाकको टोलिले इलेक्ट्रोनिक समाग्री बरामद गरि भन्सार दाखिलाको तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.