Ultimate magazine theme for WordPress.

पर्सामा विगत ६ महिनादेखि औषधि अभावले ग्रामीण क्षेत्र प्रभावित

81

वीरगंज, फागुन  १ : जिल्ला जनस्वास्थ कार्यालय पर्साले विगत ६ महिनादेखि औषधि खरिद नगरेको कारण ग्रामीण भेगका विपन्न र असहाय बिरामी मर्कामा परेका छन् ।

ग्रामीण भेगमा रहेका स्वास्थ चौकीहरूमा अतिआवश्यक सिटामोट, जीवनजल,  आइरन चक्कीसमेतको अहिले अभाव भएर विपन्न परिवारका बिरामीले समस्या भोगिरहेका छन ।

बिरञ्चीबर्वास्थित जिल्लाकै नमूना स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा गर्भवती महिला तथा अन्य बिरामीलाई आवश्यक पर्ने औषधि अभाव भएर समस्या आएको स्वास्थ चौकीका इन्चार्ज कपिलदेव मिश्राले बताए  । उनले औषधि अभावबारेमा जनस्वास्थ्य कार्यालय पर्साको ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको बताए ।

जनस्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराएको कारण उपचारमा समस्या भएको छ भने रेबिजविरुद्धको भ्याक्सिनको पनि अभाव भएको स्वास्थ्यकर्मीहरूले जानकारी गराएका छन् ।

रेबिजविरुद्धको भ्याक्सिनको अभाव हुँदा कुकुर, स्याँल आदिको टोकाइबाट घाइते भएका ग्रामीण भेगका बिरामीहरू वीरगंज धाउनुपर्ने बाध्यता सृजना भएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, पोखरिया अस्पताल तथा जिल्लाका पाँचैवटा निर्वाचन क्षेत्रका स्वास्थ्य चौकीहरूमा रेबिजविरुद्धको भ्याक्सिन उपलब्ध हुँदै आएको थियो ।

Leave A Reply

Your email address will not be published.