Ultimate magazine theme for WordPress.

पर्सामा बाघको आतंक प्रहरीसहित ११ जना घाइते

32

चिरन्जीवी यादव वीरगन्ज २५ माघ पर्साको महुवन ,लखनपुर ,एकडर्वामा पर्सा बन्यजन्तु आरक्ष र राष्ट्रिय बन जंगलबाट निसको बाघको आतंकले दर्जनो बस्तीका जनता आतंक तथा भागा भाग भएको छ ।

वरपर बाघ हेर्न गाउँलेको भिड जम्मा भयो । भिड देखेर गिज्जिएको बाघले एकाएक मान्छेलाई आक्रमण गर्न थाल्यो । आखिर बाघ हेर्न गएका ११ जना प्रहरी र गाउँलेहरु बाघको आक्रमणबाट घाइते बनेका छन् ।

बाघको आक्रमणबाट भएको घाइते भएकाहरु ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक चक्रबहादुर शाह, प्रहरी चौकी को प्र.स.नि. अरुण कुमार झाँ हवलदार दिपेन्द्र यादव त्य्सतै  लखनपुर गाबिसका आसमन राउत कुर्मी, तुफान राउत कुर्मी, महेस रउत कुर्मी, बच्चा यादव र रामनगरी गाबिसका रघुबिर साह कानु रहेका छन । ईलाका प्रहरी कार्यालय पोखरीया प्रहरी नीरिक्षक चक्रबहादुर शाहको बायाँ हाथ बाघ नोचेरको छ ।

यिनिहरुको उपचार नारायण उप क्षेत्रिय अस्पताल बिरगन्जमा भईरहेको छ । यता थप उपचारका लागि ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक चक्रबहादुर शाहलाई हेलिक्पटर मार्फत काठमाण्डौ लगने तैयारीमा रहेको प्रहरी उपरिक्ष गोबिन्द साहले बताएका छन ।  उक्त बाघ धपान स्थानीय र प्रहरीहरु प्रयास गरिरहेका छन ।

Leave A Reply

Your email address will not be published.