Ultimate magazine theme for WordPress.

पर्साको मालपोत कार्यालयमा अविलम्ब कर्मचारी पुर्ती गर्न भुमीसुधार मन्त्रीलाई सांसद यादवको आग्रह

200

उमेश दुबे
पर्सा,२९ जेष्ठ । पर्साको मालपोत कार्यालयमा अविलम्ब कर्मचारी पुर्ती गर्न समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले मांग गर्नु भएको छ । पर्सा मालपोत कार्यालय कर्मचारी विहिन अवस्थामा रहेको जानकारी गराउदै तत्काल कर्मचारी पुर्ती गर्न सभामुख मार्फत भुमीसुधार तथा व्यवस्था मन्त्रीलाई बुधवार संसदमा बोल्दै सांसद यादवले आग्रह गर्नु भएको हो ।
पर्साको विभिन्न गाउ ठाउ टाढा टाढाबाट आउने सेवाग्राहीहरुले मालपोत कार्यालयमा कर्मचारी अभावमा काम विनानै फर्किनु पर्ने अवस्था बारे अवगत गराउदै अविलम्ब कर्मचारी पुर्ती गर्न भुमी सुधार तथा व्यवस्था मन्त्रीलाई सांसद यादवले आग्रह गर्नु भयो । ५२ जना कर्मचारीको दरवन्दी रहेको मालपोतमा १ जना प्रमुख अधिकृत र ४ जना अधिकृतको दरवन्दी रहेपनि अहिले १ जना पनि अधिकृत छैनन सांसद यादवले गुनासो गरे । पहिला पहिला पर्सा जिल्ला मालपोत कार्यालयमा कर्मचारी आउनु अगाडी खसी बोका काटेर आउथे अहिले अख्तियारको डरले कर्मचारीहरु यहाँ आउनै मान्दैनन त्यसकारण सरकारले जनताको पिर मर्का बुझेर यथासिघ्र कर्मचारीको व्यवस्था गर्न आग्रह गर्नु भयो । विभिन्न काम लिएर दैनिक हजारौको संख्यामा आउने आम नागरिकले कर्मचारी विहिन अवस्थामा कुनै काम नभएर फर्किनु पर्ने अवस्थालाई लिएर संघिय सरकारप्रति आक्रोस र स्थानीय सांसदलाई समेत गाली गर्न कुनै कसर बाकी राख्दैनन त्यसकारण भुमी सुधार व्यवस्था मन्त्रीले यहाको जनताको समस्या तत्काल समाधान गर्न कर्मचारी पठाउन आग्रह गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.