Ultimate magazine theme for WordPress.

पर्साको पोखरियामा बैंक भए तापनि २ वर्ष बितिसक्दा पनि सेवा सञ्चालन छैन

89

चिरन्जीवी यादव, वीरगन्ज माघ ११ : द्वन्दकालमा विस्थापित दुईवटा बैंकमध्ये एउटा बैंक पोखरियामा पुनस्र्थापित भए तापनि २ वर्ष बितिसक्दा बैंकिंग सेवा सञ्चालन गरेको छैन ।माओवादी द्वन्द्वकालमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पोखरियाबाट विस्थापित भएका थिए ।माओवादी द्वन्द सकिएपछि २ वर्ष पहिले कृषि विकास बैंकले शाखा पुस्र्थापना गरेको छ ।

तर २ वर्षको अन्तरालमा बैंकिंग कारोबार नगर्दा स्थानीय सेवाग्राही बैकबाट लाभान्वित हुन सकेका छैनन् ।बैंकले ऋण असुली र प्रवाह गर्ने कार्य गरे पनि ऋण लिनेहरू वीरगंज आउनुपर्ने बाध्यता छ । बैंकिंग सेवा शुरु नगर्दा पोखरियाका मानिस वीरगंज आएर ऋण रकम लिन जाँदा सुरक्षाको चुनौतीको साथै खर्च बढी भइरहेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

सामान्यतया वीरगंज आउँदाजाँदा एकजनालाई करिब रु ५ सय खर्च बेहोर्नु पर्ने र एक दिन बिताउनुपर्ने बाध्यता छ । कृषि विकास बैंक पोखरिया शाखाले ६ महिना पहिलेदेखि बैंकिंग सेवा शुरु गर्ने आश्वासन दिंदै आएको छ ।पोखरियाम हाल विभोर विकास बैंकले मात्र बैंकिंग सेवा दिइरहेको र अधिकांश मानिस कृषि विकास बैंकसँग आबद्ध भएका हुँदा सेवा लिन वीरगंज आउनुपर्ने अवस्थाले समस्या खेप्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.