Ultimate magazine theme for WordPress.

पर्साको ग्रामीण नाकाहरूबाट सशस्त्र प्रहरीकै सहयोगमा तस्करी तिब्र, सशस्त्र प्रहरी प्रमुख मौन

263

उमेश दुबे
पर्सा, ११ माघ / पर्सा जिल्लाको ग्रामीण नाकाहरूबाट तस्करी तिब्र रूपले बढेपनी जिल्लामा बसेका प्रहरी प्रमुख मौन बसेका छन । नेपाल र भारतको सीमा नाकाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी तथा शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी प्रमुख तस्करी तिब्र रूपले बढेपनी मौन बसेका हुन ।
नेपाल र भारतको सीमा नाका हुँदै बढ्दै गएको तस्करी न्यूनीकरण गर्नुको साटो प्रहरीकै सहयोगमा तस्करी कार्य तिब्र रूपले बढेको छ । तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीको मुख्य दायित्व रहेपनी केही मोटो रकमको नजराना बुझे पश्चात् तस्करीको कार्य फस्टाएको बुझिन्छ । सीमा सुरक्षाको निम्ति स्थापना गरिएको बोर्डर आउट पोस्टहरूको माध्यमले रकम उठन थालिएपछी सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर मौन बसेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार पर्सा जिल्लामा रहेको बोर्डर आउट पोस्टहरूको माध्यमले सशस्त्र प्रहरी उपरीक्षकको नाममा तस्कर संगठनहरू सङ्ग रकम उठन थालिएको बताए । सशस्त्र प्रहरी संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालले सादा पोशाकमा टोलि परिचालन नगर्न निर्देशन दिनसाथ बोर्डर आउट पोस्टकै माध्यममा रकम असूली भइरहेको श्रोतको दाबी रहेको छ ।
सशस्त्र प्रहरी उपरीक्षकको नाममा खुर्सानीबाट रकम असूली नभए काम गर्न गारो हुने गरेको तस्कर श्रोतले जनाएको छ । उनका अनुसार पर्साको प्रत्येक क्याम्पहरू झै भिखमपुरबाट समेत सशस्त्र प्रहरी उपरीक्षक कुवरको नामले रकम नउठे गरेको बताए । भिखमपुर छेत्रबाट नूनदेखी सुनसम्मको तस्करी भइरहेको छ जस्तै कपडा, गिट्टी, बालुवा, कुखुराको चल्ला लगायतको कार्य भइरहेपनि सशस्त्र प्रहरीलाइ मोटो रकमको नजराना बुझाए पश्चात् तस्करीलाई तिब्रता दिइएको श्रोतले दाबी गरेको छ । आफ्नो संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षक कुवरलाइ संगठनले कारवाही गर्नुको साटो झन उक्साउनु बिडम्बनाको बिषय बनेको छ । तसर्थ : सशस्त्र प्रहरी संगठनकै प्रमुख आइजिपी खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.