Ultimate magazine theme for WordPress.

पत्रकार एवम समाजसेवी दुबेको पहलमा वडा स्तरिय टोल सुधार समितिले गर्यो खैरामाइ मन्दिरको सरसफाइ

51

बारा, ३ असोज / बाराको फेटा गाउपालिका वडा नम्बर १ स्थित श्री खैरामाइ मन्दिरको प्राङ्गन, वडा स्तरिय टोल सुधार समितिको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी तथा वरिष्ठ पत्रकार उमेश दुबेको अगुवाइमा आयोजना भएको श्री खैरामाइ मान्दिरको सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाइ कार्यक्रममा वडा स्तरीय टोल सुधार समितिका सदस्यहरू, स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समेत सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा खैरामाइको प्राङ्गन सहित निर्माण भएको पार्कको समेत सरसफाइ गरिएको टोल सुधार समितिले जनाएको छ ।

फेटा गाउपालिका वडा नम्बर १ भलुही टोल सुधार समितिका अध्यक्ष प्रेम साहले पत्रकारितका साथै स्थानीय स्तरमा समाजसेवामा अहम भुमिका निर्वाह गर्दै आएका उमेश दुबेको अगुवाइमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाले सरसफाइ कार्यक्रम लगायत टोल सुधार समितिले स्थानीय स्तरमा बढ्दै गएको भ्रष्टाचारको बिषयमा समेत निगरानी बढाएको बताउनु भयो ।

टोल सुधार समिति रजवटियाका अध्यक्ष शेसनाथ यादवले वडा स्तरीय टोल सुधार समिति गठन गरि बिकासको नाममा बिनाश गर्नेहरू माथी निगरानी मात्र नबढाइ काम कारवाहीको अवलोकन गर्दै कारवाही प्रक्रियासम्म पुर्याउने बताउनु भयो । फेटा गाउपालिकामा निर्वाचित भइ सके पश्चात् मेयर रूस्तम अन्सारीको पालामा खैरामाइको प्राङ्गन सरसफाइ नभएको र हाल पत्रकार तथा उमेश दुबेको पहलमा गरिएको सरसफाइ उदाहरणीय रहेको बताउनु भयो ।

यता टोल सुधार समिति अकवनियाका अध्यक्ष छोटेलाल कुश्वाहाले समाजमा भइरहेको जातीय भेदभाव, छुवाछुत लगायत शिक्षा, स्वास्थय तथा कृषिमा स्थानीय स्तरबाट भइरहेको बिभेदलाइ अन्तय गर्ने कामलाई प्राथमिक्तामा राखी टोल सुधार समितिले अगाडी बढी सकेको बताउनु भयो । उहाले आजको सरसफाइ कार्यक्रमले सन्देश मात्र दिन खोजिएको हो, अहिले पनि स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिए कडा कदम चाल्ने बताउनु भयो ।

यता सरसफाइ कार्यक्रमको अगुवाइ गरिरहेका पत्रकार एवम समाजसेवी उमेश दुबेले हिन्दुहरूको महान पर्व बडा दशै नजिकिए सङ्गै मन्दिरहरूको सरसफाइमा तिब्रता दिएको बताउनु भयो । उहाले सरसफाइ कार्यक्रममा सहभागी हुने स्थानीयवासी, सशस्त्र प्रहरीका साथै नेपाल प्रहरीलाई धन्यवाद गर्दै अगामी दिनहरूमा पनि जारी रहने सरसफाइ कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्नुभयो । पत्रकार एवम समाजसेवी दुबेले टोल सुधार समितिले गरिरहेको कार्य प्रति सन्तुष्टि जनाउदै समाजमा बसेर समाजकै सर्वसाधारणलाई लूटन खोज्नेहरू माथी खडो उत्रिने टोल सुधार समितिलाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.