Ultimate magazine theme for WordPress.

नोबेल पुरस्कार विजेता सत्यार्थीको घरबाटै पदक चोरियो

58

काठमाडौँ, माघ २५  : नोबेल पुरस्कार विजेता भारतीय सामाजिक अभियन्ता कैलाश सत्यार्थीको दक्षिणी दिल्लीस्थित घरमा सोमबार राति चोरी भएको छ। चोरले अन्य सामानको साथमा सत्यार्थीको नोबेल पुरस्कारसँगै पाएको पदक पनि चोरेको जनाइएको छ।

सोमबार राती सो घटना भएको प्रहरीलाई उधृत गर्दै भारतीय समाचारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

सत्यार्थीका सामान चोरी भएको कुरा सत्यार्थीका एक स्टाफले सबैभन्दा पहिले थाहा पाएका थिए। हाल सो चोरीबारे एफआइआर दर्ता गराइएको र प्रहरीले चोरको खोजी गरिरहेको जनाइएको छ।

सामाजिक अभियन्ता सत्यार्थीलाई बाल श्रमको क्षेत्रमा पुर्‍याएको योगदानका लागि सन् २०१४ मा मलाला युसुफजाईसँग संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

६३ वर्षीय सत्यार्थी हाल नोबेल शान्ति पुरस्कार विजेताहरुको सम्मेलनमा भाग लिन अमेरिका पुगेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.