Ultimate magazine theme for WordPress.

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सहित तीन वटा मेडिकल कलेजमा छापा

739

वीरगन्ज १ मंसिर ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सहित तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आज नेशनल मेडिकल कलेज वीरगञ्ज, चितवन मेडिकल कलेज र नोबल मेडिकल कलेज विराटनगरमा छापा मारिएको छ । सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान थालिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ । मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.