Ultimate magazine theme for WordPress.

नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही भ्रष्ट कर्मचारीहरूको सहयोगमा तस्करी मौलाउदै, माथिल्लो निकाय किन मौन ?

297

उमेश दुबे
पर्सा, ३० असार / नेपालकै आर्थिक नगरीको रूपमा मानिने बिरगंज भन्सार हुँदै मरिच र कपडा तस्करी फस्टाउदै गएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही भ्रष्ट कर्मचारीहरूको सहयोगमा तस्करी कार्य फस्टाउदै गएको हो ।
नेपालकै मूख्य नाका भनेर चिनिने बिरगंज भन्सार नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही कर्मचारीले गर्दा तस्करीको अखडा बन्दै गएको छ । देश नै बाढी पहिरोको चपेटामा परिरहेको बेला केही भ्रष्ट कर्मचारीले गर्दा मूल भन्सार हुँदै तस्करी लाइन सुचारू भएको छ । सीमा प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक सुमन सिंह र सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश ठकुरीको निगरानीमा तस्करी कार्य फस्टाएको हो ।
मूल भन्सारबाट लालबाबु र दिनेश भनिने कुख्यात मरिच तस्करहरूको कार्य सुचारू भएको जनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका द्वय सइहरूको सहयोगमा मूल भन्सार हुँदै मरिच तस्करी फस्टाउनुको साथ साथै कपडा तस्करी समेत सुचारू भएको श्रोतको दाबी रहेको छ । मूल भन्सार हुँदै अबैध तरिकाले भित्रिएको कपडा इलाका प्रहरी कार्यालय जितपुरले पक्राउ गरिएको श्रोतको दाबी रहेको छ भने आज मूल भन्सार हुँदै भारततर्फ लगिरहेको मरिच बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख डिएसपी तिलक खडकाको निर्देशनमा पक्राउ गरिएको थियो ।
तस्कर श्रोतले जनाए अनुसार सशस्त्र प्रहरीको नाउमा सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश ठकुरी र सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक सुमन सिंह हजारौ रूपैया महिनवारी बुझे पश्चात् तस्करीको कार्य सुचारू गरेको बताए । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका केही भ्रष्ट सुरक्षाकर्मी आफ्नो वर्दीको आडमा मूल भन्सारलाइ कमाइ खाने भाडो बनाएका छन । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.